आइएमई दशैँमा २० लाख योजनामा धिरेन्द्र कुमारले जिते २० लाख
- पुस २०, २०७५
- 0
नेपालको अग्रणी नेतृत्वदायी रेमिट्यान्स सेवाप्रदायक कम्पनी आइएमईले दशैं, दीपावली र छठलाई लक्षित गर्दै ल्याएको सेवाग्राहीमूखि प्रवद्र्धनात्मक कार्यक्रम ‘दशैंमा बीस लाख’ योजना अन्तर्गत सर्वाधिक ठूलो राशीको भाग्यशाली विजेता घोषणा गरेको छ ।
मलेशियाबाट नेपालमा आइएमई गर्ने आइएमई सेवाग्राही धिरेन्द्र कुमार झागड सफ्टवेयर पद्वतीमा आधारित ‘लक्की ड्र’ बाट भाग्यशाली विजेता घोषित भएका छन् । सेवाग्राही झागडले नगद २० लाख प्राप्त गर्नेछन् ।
आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालको अध्यक्षतामा आइएमई केन्द्रीय कार्यालय पानीपोखरीमा आयोजित भाग्यशाली विजेता छनोट कार्यक्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृत सुमन पोखरेल, ब्राण्ड एम्बासडरद्वय दीपकराज गिरी र दीपाश्री निरौला लगायत विभागीय प्रमुखहरूको उपस्थिति रहेको थियो ।
कार्यक्रममा अध्यक्ष ढकालले आम सेवाग्राहीको निरन्तर विश्वासले नै आइएमईलाई एउटा भरपर्दो ब्राण्डको रुपमा स्थापित गराएको स्मरण गर्दै आइएमई पे मार्फत हरेक प्रकारका भुक्तानी सेवा उपलब्ध गराउने प्रतिवद्धता ब्यक्त गरे ।
आइएमई लिमिटेडका प्रमुख कार्यकारी अधिकृत सुमन पोखरेलले सेवाग्राहीमुखि ‘दशैँमा वीस लाख’ योजना अवधिका करिव तीन महिनामा लक्ष्य अनुरुपको ब्यापार अभिवृद्वि भएको बताउँदै यस्ता पर्व लक्षित कार्यक्रमले आम सेवाग्राही र कम्पनीबीचको सम्बन्धलाई प्रगाढ बनाउने विश्वास ब्यक्त गरे ।
ब्राण्ड एम्बासडरद्वय दीपकराज गिरी र दीपाश्री निरौलाले आइएमई जस्तो ब्राण्डको एम्बासडर हुन पाउँदा सन्तोष लागेको बताउँदै विजेता सम्पूर्ण सेवाग्राहीलाई बधाई ब्यक्त गरे ।
२०७५ साल असोज ७ गतेदेखि शुरु भई २०७५ साल मङ्गसिर मसान्तसम्म लागु सेवाग्राहीमुखी यस योजना अन्तर्गत दैनिक लक्की ड्र’ मा ८ सय ४०, साप्ताहिक ‘लक्की ड्र«’ मा १२, मासिक ‘लक्की ड्र’ मा ३ र बम्पर ‘लक्की ड्र’ मा १ गरि कुल ८ सय ५६ जना सेवाग्राही पुरस्कृत भएका छन ।