बहराइनमा लुलु एक्सचेन्ज र एमीबीएल रेमिटबीच सम्झौता, अव पैसा पठाउन सहज हुने
- रोजगारमञ्च
- फाल्गुन १८, २०७९
- 0
माछापुच्छ्रे बैंकले बहराइनको लुलु एक्सचेन्जसँग रेमिट्यान्स भुक्तानी सम्झौता गरेको छ ।
आइतबार माछापुच्छ्रे बैंकका मध्यपूर्व संयोजक सुजन सापकोटा र लुलु एक्सचेन्जका प्रतिनिधिबीच रेमिट्यान्स भुक्तानी सम्झौता भएको हो।
संयोजक सापकोटाका अनसुार अब बहराइनमा रहेका नेपालीले माछापुच्छ्रे बैंकको एमबीएल रेमिटमार्फत नेपालमा सहजै पैसा पठाउन सक्नेछन्।
बहराइनमा रहेका लुलु एक्सचेन्जका १७ वटा शाखाबाट सरल रुपमा नेपाल पैसा पठाउन सकिने सापकोटाको भनाइ छ। एक्सचेन्जमार्फत पठाएको रकम नेपालमा सहजै भुक्तानी लिन सकिने कम्पनीले जनाएको छ।
माछापुच्छ्रे बैंकले अहिले मध्यपूर्वमा आफ्नो कारोवार विस्तार गरिरहेको छ। बहराइनमा अन्य बैंकिक सुविधा पनि प्रदान गरिने संयोजक सापकोटाले बताए।
0 प्रतिक्रिया
चिनियाँ भिक्षुको ‘महान् ताङको पश्चिमी क्षेत्रको अभिलेख’ सार्वजनिक

काठमाडौं । चिनियाँ भिक्षुको नेपाल यात्रा-विवरण ‘महान् ताङको पश्चिमी क्षेत्रको अभिलेख’ नामक पुस्तकको नेपाली अनुवाद सार्वजनिक गरिएको छ । राजधानीमा […]
१३ देशका लागि राजदूत सिफारिस (सूचीसहित)

काठमाडौं । सरकारले १३ वटा देशका लागि राजदूत सिफारिस गरेको छ । आज बसेको मन्त्रिपरिषद बैंठकले विभिन्न अमेरिका, भारतसहित १३ […]
अर्थमन्त्री डा.वाग्लेको भारत भ्रमण : आर्थिक सम्बन्ध तथा पुनःस्थापना र पुनर्निर्माणबारे छलफल जारी

एजेन्सी । अर्थमन्त्री डा.स्वर्णिम वाग्ले भारत भ्रमणमा छन् । उनले भारतका अर्थमन्त्री निर्मला सीतारमणसँग भेट गरिसकेका छन् । यसैविच भारत […]
प्रधानमन्त्रीले गरे जेनजी सांसदसँग अन्तरक्रिया

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले जेनजी सांसदसँग अन्तरक्रिया गरेका छन् । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा जेन्जी उमेर समूहका सांसदहरूसँग […]
त्रिशूली–१ को टनेलबाट ६ वटा शव निकालियो

रसुवा । रसुवास्थित माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनाको अडिट–३ सुरुङबाट ६ वटा शव निकालिएको छ। उद्वार टोलीले ६ वटा शव ढलानका […]











