हेटौँडा सिमेन्ट उद्योगले पुनः उत्पादन थाल्यो
- फाल्गुन १२, २०७९
- 0
कोइलाको अभाव भएपछि बन्द हेटौँडा सिमेन्ट उद्योगले आजदेखि पुनः उत्पादन थालेको छ । कोइला अभावले दुई हप्तादेखि सिमेन्ट उत्पादन बन्द थियो । कोइला आपूर्ति भएपछि सिमेन्ट उत्पादन थालिएको छ ।
हेटौँडा सिमेन्ट उद्योग व्यवस्थापनले केही हप्ताअघि कोइला आठ हजार मेट्रिक टन आपूर्तिको बोलपत्र आह्वान गरेकामा हाललाई एक हजार छ सय मेट्रिक टन कोइला आपूर्ति भएको जनाएको छ ।
उद्योगका नायब महाप्रबन्धक नवीनकुमार कर्णले आपूर्ति भएको एक हजार छ सय मेट्रिक टन कोइलाले १५ दिनलाई सिमेन्ट उत्पादन गर्न कच्चा पदार्थ पुग्ने जानकारी दिए । बाँकी कोइला आउने क्रममा रहेको छ । कोइला आपूर्ति भारत, भुटान, इण्डोनेसिया र पाकिस्तानबाट भइरहेको कर्णले बताए ।
0 प्रतिक्रिया
स्वास्थ्य मन्त्रालयले नेपाल स्वास्थ्य सम्मेलन २०२४ को आयोजना गर्दै
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपाल स्वास्थ्य सम्मेलन २०२४ को आयोजना गर्ने भएको छ । बुधबार मन्त्रालयमा पत्रकार सम्मेलनको आयोजना गरी […]
बीआरआई ऋणमा लिनु उचित छैन् : प्रदीप ज्ञवाली
नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले चिनियाँ विकास परियोजना बेल्ट एण्ड रोड इनिसिएटिभ्स (बीआरआई) ऋणमा लिनु उचित नभएको बताएका छन् । […]
उपनिर्वाचन सुशासनका पक्षमा र भ्रष्टाचारका विरुद्ध मत जाहेर गर्ने अवसर : प्रचण्ड
नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आसन्न उपनिर्वाचन सुशासनका पक्षमा र भ्रष्टाचारका विरुद्ध जनताले आफ्नो मत जाहेर गर्ने महत्वपूर्ण […]
नेप्से ३९.७० अङ्कले वृद्धि, परिसूचक २७५६.३६ मा
नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ३९.७० अङ्कले वृद्धि हुँदै २,७५६.३६ अङ्कमा बन्द भएको छ । बुधबार नेप्से परिसूचक १.४६ प्रतिशतले […]
जनकपुर र अयोध्यालाई हवाईसेवा मार्फत जोड्ने प्रयासमा छौँ : मन्त्री पाण्डे
संस्कृति,पर्यटन तथा नगरिक उड्डयनमन्त्री बद्री प्रसाद पाण्डेले जनकपुर र अयोध्यालाई हवाईसेवाको मध्यामबाट जोड्नुपर्ने बताएका छन् । बुधबार त्रिभुवन विश्वविद्यालय हिन्दी […]