मेगा बैंकले ल्यायो ‘कस्टमर केयर’ सुविधा

news-details

मेगा बैंक नेपाल लिमिटेडले राजधानीका आठ वटा शाखामा ग्राहकहरुका लागि मंगलबारबाट विशेष सुविधा सुरु गरेको छ ।

बैंकमा सेवा लिन आउने ग्राहकहरुको सहजताका लागि मेगा बैंकले ‘कस्टमर केयर अफिसर’ नियुक्त गरी विशेष सुविधा थपेको हो । उनीहरुलाई ग्राहकहरुको बैंकिङ्ग आवश्यक्तालाई हेरविचार गर्ने विशेष जिम्मेवारी दिइएको छ ।

अंग्रेजी नयाँ बर्षको अवसर पारेर राजधानीभित्रका आठवटा शाखाहरुमा नमुनाका रुपमा सुरु गरिएको यो सुविधा क्रमशः अन्य शाखाहरुमा पनि विस्तार गरिने मेगा बैंककी सिइओ अनुपमा खुञ्जेलीले जानकारी दिनुभयो ।

‘हामीले ग्राहकहरुको विश्वास जित्दै अघि बढ्दै भन्ने मुलमन्त्र बनाएका छौं । तसर्थ, हरेक ग्राहक हाम्रो लागी मुल्यवान हुनुहुन्छ । उहाँहरुलाई बैंकमा आउँदा कुनै अप्ठेरो परे तत्कालै हेरविचार होस् र सेवा सुविधा लिन सहज होस् भन्ने उद्देश्यले हामीले यो सुविधा सुरु गरेका हौँ’– सिइओ खुञ्जेलीले भन्नुभयो ।

‘मेगा कस्टमर केयर अफिसर’ले मेगा बैंकको शाखा कार्यालयमा पुग्ने ग्राहकहरुलाई स्वागत गर्नुका साथै उनीहरुका समस्या, गुनासो र सुझाव सुनेर त्यसलाई बैंकका सम्बन्धित शाखासँग समन्वय गर्नेछन् । जसले ग्राहकहरुलाई बिना झण्झट, छिटोछरितो सेवा लिन मद्दत पुग्ने मेगा बैंकको विश्वास छ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *