भैरहवामा जजिराले पुनः उडान गर्दै
- फाल्गुन ८, २०७९
- 0

सात महिना कुवेत–भैरहवा अन्तर्राष्ट्रिय उडान गरेको कुवेतको जजिरा एयरलाइन्सले आगामी मार्च ९ गतेदेखि पुनः उडान सुरु गर्ने भएको छ । गत जेठ २ गते विमानस्थल उद्घाटनकै दिनबाट जजिराले भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान सुरु गरेको थियो ।
जजिराले फागुन २५ गतेदेखि पुनः अन्तर्राष्ट्रिय उडान सुरु गर्न थालेको विमानस्थलका प्रवक्ता सुवास झाले जानकारी दिए । उनका अनुसार जजिराले हप्ताको तीन दिन उडान गर्दै छ ।
जजिराले उडान सुरु गर्न अग्रिम टिकट बुकिङसमेत थालिसकेको उहाँले बताउनुभयो । प्रत्येक हप्ता मङ्गलबार, बिहीबार र शनिबार बिहान ८ः५ बजे उड्ने गरी तालिका तय भइसकेको उनले जानकारी दिए ।
जजिराले उडान रोकेपछि भैरहवामा रहेका निजी क्षेत्रका सङ्घसंस्था, पर्यटन व्यवसायीलगायतले पनि पुनः उडान सुरु गर्न पहल थालेका थिए ।
0 प्रतिक्रिया
सरकार र आन्दोलनरत शिक्षकहरुबीचको वार्ता सकारात्मकरुपले अगाडि बढेको छ : प्रदिप ज्ञवाली

काठमाडौं । नेकपा एमालेका उपमहासचिव प्रदिप ज्ञवालीले आर्थिक वर्ष २०८२/८३ को वार्षिक नीति तथा कार्यक्रममा सुझाव प्राप्त गर्नका लागि बैठक […]
जनमत-नाउपा पार्टीको एकीकरण घोषणा स्थगित

जनमत र नागरिक उन्मुक्ति पार्टीको एकीकरण घोषणा स्थगित भएको छ । नागरिक उन्मुक्ति पार्टी (नाउपा)का संरक्षक रेशम चौधरी पक्राउ परेपछि […]
बीमा कार्यक्रममा आँखा स्वास्थ्यलाई समायोजन गरिनेछ : प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय स्वास्थ्य बीमा कार्यक्रममा आँखा स्वास्थ्यलाई समायोजन गर्ने बताएका छन् । आँखा स्वास्थ्य क्षेत्रमा काम गर्ने […]
प्रज्ञा भवन परिसरबाटै रेशम चौधरी पक्राउ

नागरिक उन्मुक्ति पार्टी (नाउपा)का संरक्षक रेशम चौधरी पक्राउ परेका छन् । जनमत पार्टी र नाउपा पार्टीबीच एकता घोषणाको तयारी भइरहेका […]
छात्रवृत्ति विवरण पेस गर्न विद्यालयहरूलाई काठमाडौं महानगरको अनुरोध

काठमाडौं । काठमाडौं महानगरपालिकाले शैक्षिक सत्र २०८२ मा कक्षा १० सम्मका विद्यार्थीलाई उपलब्ध गराउने छात्रवृत्तिको सम्पूर्ण विवरण पेस गर्न महानगरभित्रका […]