होटल व्यवसायी संघ र सिद्धार्थ बैंकको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न
- फाल्गुन ७, २०७९
- 0

नेपाली होटल ब्यबसायी संघ र सिद्धार्थ बैंक लिमिटेड, गोंगबु शाखाको आयोजनामा खुल्ला रक्तदान कार्यक्रम सम्पन्न् भएको छ ।
फागुन ७ गते प्रजातन्त्र दिवसको अवसर पारेर काठमाडौको गोगबुमा आयोजना गरिएको उक्त रक्तदान कार्यक्रममा १५७ युनिट रक्त संकलन भएको नेपाली होटल ब्यबसायी संघका अध्यक्ष गणेश ढकालले जानकारी दिए ।
आफ्नो सामाजिक उत्तरदायीत्व अन्तर्गत सिद्धार्थ बैंकसँगको सहकार्यमा रक्तदान कार्यक्रम आयोजना गरेको बताउदै संघका अध्यक्ष ढकालले मानवीय सेवामा उत्कृष्ट कार्य तथा दान मध्यको सबै भन्दा ठुलो दान रक्तदान गर्ने सबैलाई आभार प्रकट गर्दै कार्यक्रम सफल पार्न सहयोग गर्ने सबैलाई धन्यवाद ज्ञापन गरे ।
साना तथा मझौला होटल व्यवसायीहरुको साझा संस्था नेपाली होटल ब्यबसायी संघले रक्तदान लगायत विभिन्न सामाजिक कार्य गर्दै आइरहेको छ ।