मास्टर सेफ बलामीको लगानीमा ‘कोडियन्डर गार्डेन रेष्टुरेन्ट एन्ड बार’ खुल्दै

news-details

विगत ३ दशकदेखि देश तथा विदेशका ठूला होटल तथा रेष्टुरेन्टहरुमा मास्टर सेफ भएर काम गरिसकेका गणेश बलामीले काठमाडौंको शान्तिनगरमा ‘कोडियन्डर गार्डेन रेष्टुरेन्ट एन्ड बार’ संचालनमा ल्याउने भएका छन् ।

शान्तिनगर गेटबाट सय मिटर अगाडि मात्र रहेको ‘कोडियन्डर गार्डेन रेष्टुरेन्ट एन्ड बार’ दुई रोपनी क्षेत्रफलमा निर्माण भएको हो । पर्याप्त पार्किङको सुविधासहित मनोरम वातावरणमा निर्माण भएको उक्त रेष्टुरेन्टको ओपनिङ यसै महिनाभित्रै हुने बलामी बताउछन् ।आफूले लामो समय विदेशी भूमीमा मास्टर सेफ भएर काम गरेको बताउदै उनले अब आफ्नै देशमा केही गर्नुपर्छ भन्ने मनसायका साथ नेपालमा लगानी गरेको बताए । उनी विगत ७ वर्षदेखि ग्रीन लिभ्स रेष्टुरेन्टको मास्टर सेफ तथा निर्देशकका रुपमा काम गरिरहेका छन् ।अमेरिका, बेलायत, हङकङ, चाइना, अफगानिस्तान लगायत देशहरुमा लामो समय काम गरिसकेका बलामी आफूले बनाएको परिकार हरेक नेपालीलाई चखाउने लक्ष्य राखेर रेष्टुरेन्ट खोल्न लागेको बताउछन् । उनी लगायत अन्य २ जना व्यवसायीहरुको लगानीमा रहेको उक्त रेष्टुरेन्ट यही माघ महिनाको अन्त्यसम्ममा ओपनिङ हुने बलामीले बताए ।

काठमाडौंको अन्य रेष्टुरेन्टहरुभन्दा फरक किसिमको स्वाद र सेवाका कारण आफुहरुले संचालनमा ल्याउन लागेको ‘कोडियन्डर गार्डेन रेष्टुरेन्ट एन्ड बार’ उत्कृष्ट हुनेमा उनी विश्वस्त छन् ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया