गोरखाको बारपाकमा प्रभू बैंकको नयाँ शाखा

news-details

प्रभू बैंकले गोरखाको बारपाक सुलीकोट गाउँपालिका वडा नं. १ स्थित बारपाकमा नयाँ शाखा कार्यालय स्थापना गरेको छ ।

नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले शनिबार एक समारोहका बीच सो शाखाको उद्घाटन गरेको बैंकले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

सो अवसरमा बोल्दै श्रेष्ठले २०७२ सालको महाभुकम्पबाट अति प्रभावित बारपाक सुलिकोट गाउँपालिकामा आप्mनो शाखा कार्यालय खोलेर प्रभु बैंकले प्रशंसनीय कार्य गरेको बताए । सो सँगै यहाँका संघ संस्था लगायत सर्वसाधारणहरुलाई प्रभु बैंकको अत्याधुनिक बैंकिङ्ग सेवा उपभोग गर्ने अवसर प्राप्त भएको श्रेष्ठको भनाई थियो ।

शाखा कार्यालय उद्घाटन समारोहका विशेष अतिथि राष्ट्रिय पुननिर्माण प्राधिकारणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले महाभूकम्पको केन्द्रविन्दु रहेको बारपाकमा खोलिएको शाखाबाट सर्वसाधारणले सहुलियत ब्याजदरमा भूकम्प पिडित कर्जा पाउने विस्वास व्यक्त गरे ।

यस्तै प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनले समृद्ध नेपाल सुखी नेपाली भन्ने नेपाल सरकारको मुख्य लक्ष्यलाई प्रभु बैंकले बैंकिङ्ग सेवा मार्पmत् योगदान पुर्याउने अठोट गरे अनुसार बैंकिङ्ग पहुँच भन्दा बाहिर रहेका आम सर्वसाधारणहरुलाई बैंकिङ्ग प्रणालीमा ल्याउन गाउँगाउँमा पुगेर शाखा कार्यालय स्थापना गरिरहेको बताए ।

शाखा कार्यालय उद्घाटन कार्यक्रममा गोरखा जिल्लास्थित विभिन्न सरकारी कार्यालयका प्रतिनिधि, विभिन्न राजनैितक दलका प्रतिनिधि, उद्योग वाणिज्य संंघका पदाधिकारीलगायतको उपस्थिति रहेको थियो ।

बैंकको बारपाक शाखा कार्यालयबाट त्यहाँका स्थानीय तहका सेवाग्राही, सर्वसाधारणहरु, फर्म, कम्पनी तथा संघ संस्थाहरुले बैंकको गुणस्तरीय सेवा उपभोग गरी लाभान्वित हुने बैंकले विस्वास लिएको छ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *