राष्ट्रिय व्यवसायी महासंघले बैंकहरूको मनोमानीका विरुद्ध गर्यो आन्दोलन घोषणा
- माघ १४, २०७९
- 0
नेपाल राष्ट्रिय व्यवसायी महासंघले बैंकहरुको मनोमानी विरुद्ध आन्दोलन घोषणा गरेको छ ।
महासंघको शुक्रबार बसेको बैठकले मुलुकको चुनौतीपूर्ण अर्थतन्त्र तथा बैंकले उद्योगी व्यवसायीलाई गर्दै आएको अपमान प्रति आपत्ति जनाउँदै बैंकविरुद्ध माघ १६ गतेदेखि आन्दोलन घोषणा गरेको हो ।
महासंघले मुलुकको अर्थतन्त्रको मेरुदण्डको रुपमा उभिएका उद्योगी व्यवसायी माथि राज्यले सधै अपहेलना गरेको आरोप लगाएको छ ।
त्यस्तै, बैंकहरुले लिने चर्को ब्याजदर, कालोसूचीमा उद्योगी व्यवसायीको नामाकरण तथा धितो लिलामी गरी व्यवसायीहरु दिनप्रति दिन आत्माहत्या र आत्मदाह गर्न बाध्य पार्ने कामको खण्डन गर्दै शान्तिपूर्ण आन्दोलनको घोषणा गरेको हो ।
महासंघका अध्यक्ष कुमार कार्कीले सरकारले मध्यम वर्गका उद्योगी व्यवसायीप्रति लिने नीति व्यवसायीमैत्री नभएको तथा बैंकहरुले उद्योगी व्यवसायीलाई अपहेलना गरेको बताए ।
0 प्रतिक्रिया
चिनियाँ भिक्षुको ‘महान् ताङको पश्चिमी क्षेत्रको अभिलेख’ सार्वजनिक

काठमाडौं । चिनियाँ भिक्षुको नेपाल यात्रा-विवरण ‘महान् ताङको पश्चिमी क्षेत्रको अभिलेख’ नामक पुस्तकको नेपाली अनुवाद सार्वजनिक गरिएको छ । राजधानीमा […]
१३ देशका लागि राजदूत सिफारिस (सूचीसहित)

काठमाडौं । सरकारले १३ वटा देशका लागि राजदूत सिफारिस गरेको छ । आज बसेको मन्त्रिपरिषद बैंठकले विभिन्न अमेरिका, भारतसहित १३ […]
अर्थमन्त्री डा.वाग्लेको भारत भ्रमण : आर्थिक सम्बन्ध तथा पुनःस्थापना र पुनर्निर्माणबारे छलफल जारी

एजेन्सी । अर्थमन्त्री डा.स्वर्णिम वाग्ले भारत भ्रमणमा छन् । उनले भारतका अर्थमन्त्री निर्मला सीतारमणसँग भेट गरिसकेका छन् । यसैविच भारत […]
प्रधानमन्त्रीले गरे जेनजी सांसदसँग अन्तरक्रिया

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले जेनजी सांसदसँग अन्तरक्रिया गरेका छन् । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा जेन्जी उमेर समूहका सांसदहरूसँग […]
त्रिशूली–१ को टनेलबाट ६ वटा शव निकालियो

रसुवा । रसुवास्थित माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनाको अडिट–३ सुरुङबाट ६ वटा शव निकालिएको छ। उद्वार टोलीले ६ वटा शव ढलानका […]











