साना तथा मझौला उद्यमीका समस्या सम्बोधन अत्यावश्यक-महासंघ
- माघ १३, २०७९
- 0
इलामका व्यवसायी प्रेम प्रसाद आचार्यले मूलतः व्यवसायिक कठिनाइका कारण आत्मदाह गर्नुपरेको नेपाल उद्योग वाणिज्य महासंघको ठहर छ।
तरलता अभावका कारण सिर्जित समस्या, अस्थीर ब्याजदर, बजारमा उधारो नउठने समस्या, बजार अभाव, प्रविधिको कमी, नीतिगत अस्पष्ठता र सरकारी निकायको वेवास्ताका कारण लाखौ लघु, घरेलु, साना एवं मझौला उद्यमी आहत भएका महासंघको भनाइ छ।
यिनै व्यवसायिक समस्याका कारण व्यवसायीहरू देह त्याग गर्नुपर्ने अवस्थामा पुग्नु निक्कै दुखदायी रहेको महासंघले बताएको छ।
महासंघले ब्याजदर स्थायित्व, उधारो सम्बन्धि ऐन, दामासाही सम्बन्धी ऐन, व्यवसायिक उधारोको बीमा, प्रक्रियागत सहजीकरण, सहज वित्तिय पहुँच, बजार पहुँच विस्तार लगायतका विषयको सम्बोधन गर्न सरकार, नेपाल राष्ट बैंक एवं अन्य सरोकारवाला समक्ष निरन्तर पैरवी गर्दै आइरहेको छ।
सरकार र केन्द्रीय बैंकबाट यस्ता मागको सुनुवाई हुन नसक्दा दुस्खद् घटनाहरू बढ्दै गइरहेको महासंघले बताएको छ।
यस परिप्रेक्ष्यमा लघु, घरेलु, साना एवं मझौला उद्यमीका समस्या तत्काल सम्बोधन गर्न महासंघ नेपाल सरकार, नेपाल राष्ट्र बैंक र अन्य सरोकारवालाहरूसँग महासंघले माग गरेको छ।
यिनै समस्याका कारण कुनै व्यवसायीले अकालमा ज्यान गुमाउनु नपरोस् र व्यवसाय निर्वाध सञ्चालन गर्न सक्ने वातावरण बनाउन सबै सरोकारवालाहरूसँग महासंघले माग गरेको छ।
महासंघ आफैंले पनि यसै साता लघु, घरेलु, साना एवं मझौला उद्यम प्रवर्द्धनका लागि पहिलोपटक राष्ट्रिय सम्मेलन आयोजना गरी सबैको ध्यानाकर्षण गराएको थियो।
साथै लघु, घरेलु साना एवं मझौला उद्यमीलाई सहयोग पु¥याउन महासंघमा सहायता केन्द्र स्थापना गरिएको छ।
व्यवसायिक विवाद समाधानका लागि महासंघमा मेलमिलाप केन्द्र पनि स्थापना गरिएको छ।
महासंघले सदस्य र सदस्य नरहेका सम्पूर्ण उद्यमी व्यवसायीलाई आफ्ना समस्याबारे महासंघलाई जानकारी गराउन आग्रह गरेको छ।