मलेसिया रोजगारीबाट फर्किएका नेपालीहरुको राष्ट्रिय भेला जनवरी १ मा हुदै

एकअर्काको अनुभव, सीप र पूँजि एकिकृत गरिने
news-details

वैदेशिक रोजगारीको सिलसिलामा मलेसिया गएर रोजगारी पश्चात नेपाल फर्किएका नेपालीहरु एकवद्ध हुने भएका छन् । यसरी फर्किएका नेपालीहरुले यही जनवरी १ तारिखमा राष्ट्रिय भेला आयोजना गरेका छन ।

रोजगारी पश्चात नेपाल फर्किएर व्यापार–व्यवसाय र विभिन्न पेशामा संलग्न तथा अलमलमा रहेका सवैलाई समेटेर अगाडी बढ्ने उद्देश्यले भेला आयोजना गरेर एकअर्काको सहयात्री बन्ने उद्देश्य राखिएको जनाइएको छ ।

मलेसिया रिटर्नी समाज नेपालद्धारा आयोजना हुने सो भेलाको बारेमा जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा आयोजक मध्येका एक पत्रकार रामचन्द्र नेपालले बैैदेशिक रोजगारीका क्रममा मलेसियामा रहेर फर्किएका नेपालीहरु एकत्रित हुदै स्वदेशमा केहि गर्ने प्रयासको थालनी गर्न तथा आप्रवासीहरुको सञ्जाल विकास गर्न भेला आयोजना गर्न लागिएको बताए । साथै उनले सामुहिक लगानीको सम्भावना खोजि गर्ने र आपसी अनुभव आदानप्रदान गर्ने लक्ष्य राखिएकोसमेत बताए ।

सो अवसरमा आयोजक राजेश श्रेष्ठले यो समुह गैर राजनीतिक हुने र मलेसियामा सिकेको सीप र कमाएको केहि पुँजीलाई सामुहिक रुपमा लगानी गर्ने वातावरण बनाउन संगठन निर्माण गर्न लागिएको बताए । उनले यसका लागि मन मिल्ने केहि व्यक्तिले आफ्नै समुह निर्माण गरी काम गर्ने वातावरण तयार गर्ने समेत बताए ।

पत्रकार सम्मेलनमा अर्का आयोजक सुनिल चालिसेले मलेसियामा सीप दक्षता हासिल गरेर फर्केकाहरुले नेपालमा आइसकेपछि सो अनुरुप रोजगारी पाउन समेत समस्या भइरहेको तथा सरकारी कार्यक्रमहरुमा संलग्न भएर काम थाल्न समस्या भोग्नुपरेको भन्दै त्यसमा सहजिकरणका लागि पनि मलेसियाबाट फर्केका नेपाली संगठित हुन अवश्यक रहेको धारणा राखे ।

जनवरी १ तारिखमा हुने भेलामा वैदेशिक रोजगारबाट फर्केकाहरुलाई सहुलियत व्याजदरमा सरकारले दिने तयारी गरेको ऋणका विषयमा पनि जानकारी दिने कार्यक्रम पनि रहेको आयोजकले जानकारी दिएका छन । यसैगरी भेलाले संगठनलाई विधिवत दर्ता प्रकृयामा लैजान तदर्थ समिति गठन गर्ने अपेक्षा गरिएको छ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *