पेट्रोलियम पदार्थको मूल्य घट्यो
पेट्रोल,डिजेल र मट्टितेलमा प्रतिलिटर तीन रुपैयाँका दरले मूल्य घटयो
- पुस २४, २०७९
- 0
नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । आइतबार बसेको सञ्चालक समितिको बैठकले पेट्रोल,डिजेल, मट्टितेल र हवाइ इन्धनको मूल्य घटाउने निर्णय गरेको हो।
निगमले पेट्रोल,डिजेल र मट्टितेलमा तीन-तीन रुपैयाँका दरले मूल्य घटाएको छ । त्यसैगरी हवाई इन्धनको मूल्य पनि घटाइएको छ । जसअनुसार वाहृय हवाई इन्धनको मूल्य प्रतिलिटर ३० रुपैयाँ र आन्तरिक इन्धनको मूल्य प्रतिलिटर २० रुपैयाँ घटाएको छ ।
पछिल्लो निर्णयअनुसार अब पेट्रोलको मूल्य १७५,डिजेल र मट्टितेलको मूल्य १७२ कायम भएको छ । खाना पकाउने एलपी ग्यासको मूल्य भने हाललाई यथावत राखिएको निगमले जनाएको छ । ग्यासमा उच्च घाटा रहेकाले निगमले मूल्य घटाउन नसकिएको जनाएको छ ।
0 प्रतिक्रिया
चिनियाँ भिक्षुको ‘महान् ताङको पश्चिमी क्षेत्रको अभिलेख’ सार्वजनिक

काठमाडौं । चिनियाँ भिक्षुको नेपाल यात्रा-विवरण ‘महान् ताङको पश्चिमी क्षेत्रको अभिलेख’ नामक पुस्तकको नेपाली अनुवाद सार्वजनिक गरिएको छ । राजधानीमा […]
१३ देशका लागि राजदूत सिफारिस (सूचीसहित)

काठमाडौं । सरकारले १३ वटा देशका लागि राजदूत सिफारिस गरेको छ । आज बसेको मन्त्रिपरिषद बैंठकले विभिन्न अमेरिका, भारतसहित १३ […]
अर्थमन्त्री डा.वाग्लेको भारत भ्रमण : आर्थिक सम्बन्ध तथा पुनःस्थापना र पुनर्निर्माणबारे छलफल जारी

एजेन्सी । अर्थमन्त्री डा.स्वर्णिम वाग्ले भारत भ्रमणमा छन् । उनले भारतका अर्थमन्त्री निर्मला सीतारमणसँग भेट गरिसकेका छन् । यसैविच भारत […]
प्रधानमन्त्रीले गरे जेनजी सांसदसँग अन्तरक्रिया

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले जेनजी सांसदसँग अन्तरक्रिया गरेका छन् । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा जेन्जी उमेर समूहका सांसदहरूसँग […]
त्रिशूली–१ को टनेलबाट ६ वटा शव निकालियो

रसुवा । रसुवास्थित माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनाको अडिट–३ सुरुङबाट ६ वटा शव निकालिएको छ। उद्वार टोलीले ६ वटा शव ढलानका […]










