सहयोगी मन : नयाँ बर्षको अवसरमा झापाका चौलागाई परिवारले दियो ३१ परिवारलाई सिरक डस्ना

news-details

चिसो बढेसंगै झापाको बाह्रदशी गाउँपालिकाका ३१ परिवारलाई झापाका चौलागाई परिवारले न्यानोका लागि सिरक डस्ना वितरण गरेका छन् ।

वडा कार्यालयको सिफारिसमा बाह्रदशी गाउँपालिका–७ सिमलचौक निवासी लोकनाथ चौलागाई  र डिकुरादेवी चौलागाईले बाह्रदशी गाउँपालिका – ७ का विपन्न समुदायका ३१ परिवारलाई सिरक डस्ना बितरण गरेका हुन् ।

नेपाली व्यवसायी संघ कतारका अध्यक्ष महेन्द्रप्रसाद चौलागाईसहित प्रेमप्रसाद चम्लागाई र देविन्द्र चम्लागाईले नयाँ वर्षमा गरिने फजुल खर्चलाई कटाएर सेवामा परिणत गर्दै विपन्न परिवारलाई सिरक डस्ना बितरण गरेको गौरीशंकर माध्यमिक विद्यालयका प्रधानाध्यापक लेखनाथ कटुवालले बताए ।

सिरक डस्ना गौरीशंकर माध्यमिक विद्यालय परिसरमा आयोजित कार्यक्रमकाबीच प्रदान गरिएको थियो । सिरक डस्ना वितरण कार्यक्रममा वाह्रदशी गाउँपालिका सदस्य फेदुलाल राजवंशी, मिलन संग्रौला र सावित्रा विकको समेत उपस्थिति रहेको थियो ।

यस्तै चम्लागाई परिवारले बाह्रदशी गाउँपालिका वडा नम्वर ६ का विपन्न परिवारलाई पनि सिरक डस्ना बितरण गर्ने कार्यक्रम रहेको छ । बाह्रदशी गाउँपालिकाभरिका विपन्न समुदायका नागरिकलाई चिसोबाट बच्न क्रमस सिरक डस्ना बितरण गरिने जनाइएको छ ।

 

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *