बुद्ध एयरका अध्यक्ष बस्नेतको निधन
- पुस १०, २०७९
- 0

बुद्ध एयरका अध्यक्ष सुरेन्द्र बहादुर बस्नेतको निधन भएको छ । बस्नेतको आइतबार बिहान ९३ वर्षको उमेरमा उनको निधन भएको हो ।
भोजपुरको दिंगलास्थित साल्मामा जन्मिएका बस्नेतले भारतको बनारसबाट एमएलएलबीसम्मको अध्ययन गरेका थिए । उनले नेपाल सरकारको विभिन्न उच्च ओहोदामा रहेर नेतृत्वदायी भूमिका निभाएका थिए ।
‘हामीले एक असल अभिभावक गुमाए पनि उहाँले देखाउनुभएको बाटोलाई सधैँ अनुशरण गरी अगाडि बढ्नेछौँ’, बुद्ध एयरद्वारा जारी शोक वक्तव्यमा भनिएको छ, ‘हाम्रा अभिभावकप्रति हार्दिक श्रद्धासुमन ।’
बस्नेतका २ छोरा र १ छोरी रहेका छन् । जेठा छोरा वीरेन्द्रबहादुर बस्नेतले बुद्ध एयरका प्रवन्ध निर्देशक समेत हुन् ।
0 प्रतिक्रिया
आज १३६औँ अन्तरराष्ट्रिय श्रमिक दिवस

आज मे दिवस अर्थात् अन्तरराष्ट्रिय श्रमिक दिवस । नेपालमा पनि आज १३६औँ अन्तरराष्ट्रिय श्रमिक दिवस विभिन्न कार्यक्रम गरी मनाइँदैछ । […]
आजको मौसम : पहाडी भू–भागमा वर्षाको सम्भावना

हाल देशमा पश्चिमी तथा स्थानीय वायुका साथै बङ्गालको खाडिबाट भित्री रहेको जलवाष्पयुक्त हावाको समेत प्रभाव रहेको जल तथा मौसम विज्ञान […]
सरकार र आन्दोलनरत शिक्षकबीच ९ बुँदे सहमति (सहमतिका बुँदासहित)

आन्दोलनरत शिक्षक र सरकारबीच सहमति भएको छ । शिक्षक र सरकारबीच ९ बुँदे सहमति भएको हो । सहमति भएका विषयहरू […]
प्रगतिशिल मञ्चको श्रम मन्त्रीलाई ध्यानाकर्षण : सिण्डिकेटको गन्ध हटाउनुहोस्

प्रगतिशील वैदेशिक रोजगार व्यवसायी मन्च, नेपालले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरतसिंह भण्डारीलाई वैदेशिक रोजगार व्यवसायीले भोग्नु परेका समस्या […]
रिहा भए नाउपाका संरक्षक रेशम चौधरी

आज पक्राउ परेका नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरी रिहा भएका छन् । आज प्रज्ञा भवनमा नागरिक उन्मुक्ति पार्टी र […]