पोखरामा निर्मित अन्तर्राष्ट्रिय विमानस्थलमा आज डेमो उडान हुने
- पुस ७, २०७९
- 0
गण्डकी प्रदेशको राजधानी पोखरामा नवनिर्मित अन्तर्राष्ट्रिय विमानस्थलमा बिहीबार प्रदर्शनी अर्थात डेमो उडान हुने भएको छ ।
यो विमानस्थलमा बिहीबार यति एयरलाइन्सले बिहान १० बजे र बुद्ध एयरले दिउँसो २ बजे डेमो उडान गर्न लागेका हुन् ।
दुवै कम्पनीका जहाज पोखरास्थित पुरानो विमानस्थलबाट उडेर नयाँ विमानस्थलमा अवतरण गर्ने बताईएको छ ।
नवनिर्मित विमानस्थलमा अंग्रेजी नयाँ वर्ष सन् २०२३ को जनवरी १ तारिखबाट आन्तरिक उडान हुँदैछ । त्यसैको तयारीका लागि आज डेमो उडान गर्न लागिएको हो ।
आन्तरिक उडानपछि यो विमानस्थलबाट अन्तराष्ट्रिय उडान पनि हुनेछन् ।
0 प्रतिक्रिया
मन्त्रालयहरुको त्रैमासिक समीक्षा : परिणामूलक काम गर्न प्रधानमन्त्री ओलीको निर्देशन
प्रधानमन्त्री केपी शर्मा ओलीले विद्यमान स्थितिमा परिवर्तन ल्याउने गरी प्रभावकारीरुपमा काम गर्न मन्त्री र सचिवहरुलाई निर्देशन दिएका छन् । चालु […]
संचारकर्मी होम कार्कीलाई ‘अनेसास शिखर पुरस्कार’
अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास), कतार च्याप्टरले यस वर्षको ‘अनेसास शिखर पुरस्कार’ संचारकर्मी होम कार्कीलाई प्रदान गरेको छ । प्रवासी […]
स्वास्थ्य मन्त्रालयले नेपाल स्वास्थ्य सम्मेलन २०२४ को आयोजना गर्दै
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपाल स्वास्थ्य सम्मेलन २०२४ को आयोजना गर्ने भएको छ । बुधबार मन्त्रालयमा पत्रकार सम्मेलनको आयोजना गरी […]
बीआरआई ऋणमा लिनु उचित छैन् : प्रदीप ज्ञवाली
नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले चिनियाँ विकास परियोजना बेल्ट एण्ड रोड इनिसिएटिभ्स (बीआरआई) ऋणमा लिनु उचित नभएको बताएका छन् । […]
उपनिर्वाचन सुशासनका पक्षमा र भ्रष्टाचारका विरुद्ध मत जाहेर गर्ने अवसर : प्रचण्ड
नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आसन्न उपनिर्वाचन सुशासनका पक्षमा र भ्रष्टाचारका विरुद्ध जनताले आफ्नो मत जाहेर गर्ने महत्वपूर्ण […]