बैंकर्स संघको सदस्यमा कोइराला र दे दोहोरिने
- मंसिर २५, २०७९
- 0
नेपाल बैंकर्स संघको कार्यसमिति सदस्यमा माछापुच्छ्रे बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सन्तोष कोइराला र नेपाल एसबीआई बैंकका सीइओ दिपककुमार दे दोहोरिने भएका छन् । संघको मंसिर २६ गते बस्ने साधारणसभाले कोइराला र देलाई पुनः कार्यसमिति सदस्यमा दोहोर्याउने तयारी गरेको हो ।
वर्तमान कार्यसमितिमा रहेका कोइराला र देको कार्यकाल सकिँदैछ । यस्तै मेगा बैंकले अनुपमा खुञ्जेलीको कार्यकाल नदोहोर्याएपछि रिक्त रहन पुगेको अर्को सदस्य पदमा एभरेष्ट बैंकका सीईओ सुदेश खालिङलाई ल्याउने भएको छ । खालिङ यसअघि पनि संघको कार्यकारी सदस्य थिए ।
९ सदस्यीय कार्यसमिति रहेको बैंकर्स संघको अध्यक्षमा कृषि विकास बैंकका सीईओ अनिलकुमार उपाध्याय रहेका छन् भने उपाध्यक्षमा एनएमबि बैंकका सीईओ सुनील केसी छन् । संघको निवर्तमान अध्यक्ष नबिल बैंकका सीईओ ज्ञानेन्द्रप्रसाद ढुंगाना रहेका छन् ।
0 प्रतिक्रिया
चिनियाँ भिक्षुको ‘महान् ताङको पश्चिमी क्षेत्रको अभिलेख’ सार्वजनिक

काठमाडौं । चिनियाँ भिक्षुको नेपाल यात्रा-विवरण ‘महान् ताङको पश्चिमी क्षेत्रको अभिलेख’ नामक पुस्तकको नेपाली अनुवाद सार्वजनिक गरिएको छ । राजधानीमा […]
१३ देशका लागि राजदूत सिफारिस (सूचीसहित)

काठमाडौं । सरकारले १३ वटा देशका लागि राजदूत सिफारिस गरेको छ । आज बसेको मन्त्रिपरिषद बैंठकले विभिन्न अमेरिका, भारतसहित १३ […]
अर्थमन्त्री डा.वाग्लेको भारत भ्रमण : आर्थिक सम्बन्ध तथा पुनःस्थापना र पुनर्निर्माणबारे छलफल जारी

एजेन्सी । अर्थमन्त्री डा.स्वर्णिम वाग्ले भारत भ्रमणमा छन् । उनले भारतका अर्थमन्त्री निर्मला सीतारमणसँग भेट गरिसकेका छन् । यसैविच भारत […]
प्रधानमन्त्रीले गरे जेनजी सांसदसँग अन्तरक्रिया

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले जेनजी सांसदसँग अन्तरक्रिया गरेका छन् । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा जेन्जी उमेर समूहका सांसदहरूसँग […]
त्रिशूली–१ को टनेलबाट ६ वटा शव निकालियो

रसुवा । रसुवास्थित माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनाको अडिट–३ सुरुङबाट ६ वटा शव निकालिएको छ। उद्वार टोलीले ६ वटा शव ढलानका […]










