डोल्पामा पहिलोपटक गर्भ फुटेको महिलाको जटिल शल्यक्रिया !

news-details

डोल्पा जिल्ला अस्पतालमा पहिलोपटक गर्भ फुटेको महिलाको जटिल शल्यक्रिया गरिएको छ । रुकुमको आठबिसकोट नगरपालिकामा घर भई हाल मजदुरीका लागि डोल्पा जिल्ला बस्दै आएकी २२ बर्षिया कमला विकको सफल शल्यक्रिया गरिएको हो ।

विक पेट दुखेपछि जाँचका लागि जिल्ला अस्पताल पुगेकी थिईन । असैह्य पीडाले छट्पटिदैं अस्पताल पुगेकी विकको स्वास्थ्य जाँच गर्दा पाठेघरको नलिमा बच्चा बसि उक्त नलि फुटेर पेटभित्र रगत जमेको पाइएपछि तत्काल शल्यक्रिया गरेर ज्यान जोगाउन सफल भएको डा। अखन्ड उपाध्यायले जानकारी दिए ।

यस्तो केश अस्पतालमा पहिलोपटक आएको र स्वास्थ्यकर्मीहरुको समुहले सफल शल्यक्रिया गरेको डा उपाध्यायले बताए । प्रायस् यस्ता केशहरु सुविधासम्पन्न अस्पतालमा हुने गरेका छन् ।

यस किसिमको जटिल शल्यक्रियामा चिकित्सक डा शंकर राउत, डा अखण्ड उपाध्याय, डा दिवेश, एनेस्थेसियामा डा दिपेन्द्र, डा सुस्मिता, डा सिमा लगायतका स्वास्थ्यकर्मीको उपस्थिति रहेको थियो ।

जिल्ला बाहिरका सुविधा सम्पन्न अस्पतालमा लाखौं खर्च गरेर उपचार गर्नुपर्ने विरामिको जिल्लामै उपचार गरेर ज्यान जोगाएको भन्दै बिरामीका आफन्तले स्वास्थ्यकर्मीलाई धन्यवाद दिएका छन् ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *