इन्डोनेसियामा फुटबल खेलका क्रममा हिंसा हुँदा एक सय २९ को मृत्यु
- अशोज १६, २०७९
- 0
इन्डोनेसियामा फुटबल खेलका क्रममा भएको हिंसामा परी एक सय २९ जनाको मृत्यु भएको छ ।
जाभा प्राप्त स्थित कन्जुरुहान रंगशालामा भएको इन्डोनेसियाको शीर्षलिग फुटबल अन्तर्गत अरेमा र पर्सेबाया सुराबायाबीचको खेलपछि भड्किएको हिंसामा परी एक सय २९ जनाको मृत्यु भएको हो ।
साथै हिंसामा परी एक सय ८० जना भन्दा बढी घाइते भएको अन्तर्राष्ट्रिय समाचार संस्था बीबीसीले उल्लेख गरेको छ । खेलमा अरेमा ३-२ गोलले पराजित भएको थियो ।
आफ्नो टोली पराजित भएपछि समर्थकहरु मैदानमा उत्रिएर एक अर्कामा हिंसात्मक गतिविधिमा उत्रिएका थिए । त्यसपछि हिंसालाई नियन्त्रण लिन प्रहरीले अश्रुग्यास प्रहार गरेको थियो ।
सोही क्रममा भागदौड हुँदा ३४ जनाको रंगशालामै र बाँकीको अस्पतालमा मृत्यु भएको हो । घटनापछि इन्डोनेसिया फुटबल संघले लिग वान फुटबल एक हप्ताको लागि स्थगित गरेको जनाएको छ । -एजेन्सी
0 प्रतिक्रिया
‘करको क्षेत्रमा आवश्यकता अनुसार काम हुन सकेन’
अर्थमन्त्री विष्णु पौडेलले कर र राजस्वको क्षेत्रमा आवश्यकता अनुसार काम हुन नसकेको बताएका छन् । बिहिबार काठमाडौंमा आयोजित आइकन को […]
मेनपावर व्यवसायीलाई लाग्यो चुनाव : उम्मेदवार छनौटमा सकस
मेनपावर व्यवसायीहरुको छाता संगठन नेपाल वैदेशिक रोजगार व्यवसायी संघको ३१ औं वार्षिक साधारणसभा तथा निर्वाचन नजिकिँदै गर्दा नयाँ नेतृत्वका लागि […]
प्रतिपक्ष दलको हैसियतले संसदमा सशक्त रुपमा प्रस्तुत हुने माओवादीको निर्णय
नेकपा माओवादी केन्द्रले प्रमुख प्रतिपक्ष दलको हैसियतले संसदमा सशक्त रुपमा प्रस्तुत हुने निर्णय गरेको छ । बिहीबार सिंहदरबारमा बसेको माओवादीको […]
इन्डो नेपाल सुजन म्युजिक अवार्डबाट सर्वोत्कृष्ट नयाँ मोडल विजेता बनिन् रिया रेग्मी
लोक संस्कृतिको जर्गेना गर्ने उद्देश्यले भारतको राजधानी नयाँ दिल्लीमा इन्डो नेपाल सुजन म्युजिक अवार्ड – २०२४ सम्पन्न भएको छ । […]
महिला टी-२०आई शृंखला : पहिलो खेलमा नेपाल नेदरल्याण्ड्ससँग पराजित
त्रिकोणात्मक महिला टि ट्वान्टी आई सिरिजको पहिलो खेलमा नेपालविरुद्ध नेदरल्याण्ड्सले जित हासिल गरेको छ । बुधवार भएको खेलमा नेदरल्याण्ड्सले नेपाललाई […]