भाटभटेनीमा स्मार्ट क्युआर मार्फत भुक्तानी गर्दा १०% थप छुट
- अशोज १२, २०७९
- 0
नेपालीहरुको महान चाड विजयादशमीलाई लक्षित गर्दै स्मार्ट क्यु आरले भाटभटेनी र एन आई सी एशिया बैंकसँगको सहकार्यमा विजयादशमीको सु–अबसरमा बडा छुट अफर सार्बजनिक गरेको छ ।
यस अवसर अन्तर्गत ग्राहकहरुले जुत्ता तथा कपडा खरिदमा भाटभटेनीले उपलब्ध गराएको छुटमा स्मार्ट क्युआर मार्फत भुक्तानी गर्दा थप १०% वा रू. ५०० सम्म छुट प्राप्त गर्न सक्नेछन् ।
यो अफर भाटभटेनीका सबै शाखाहरुमा लागू हुनेछ । स्मार्ट क्युआरमा आबद्ध सबै बैंक तथा वालेटका ग्राहकहरुले यो अफर अन्तर्गत छुट प्राप्त गर्न सक्नेछन् ।
विजयादशमीमा हुने किनमेल कारोबारमा स्मार्ट क्युआर प्रयोगकर्तालाई सहुलियत दिने तथा विद्युतीय भुक्तानी प्रवद्र्घन गर्ने उद्देश्यका साथ यो अफर सार्बजनिक गरिएको जनाइएको छ ।
भाटभटेनीका कुनै पनि शाखामा आइएमई पे, ग्लोबल स्मार्ट प्लस, एन आई सी एशिया मो बैंक, खल्ती, नमस्ते पे, प्रभु पे, सजिलो पे, मोरु, आइ क्यास, क्यु पे तथा विभिन्न सहकारीका एप मार्फत पनि भुक्तानी गर्न सकिने कम्पनीले जनाएको छ ।
0 प्रतिक्रिया
चिनियाँ भिक्षुको ‘महान् ताङको पश्चिमी क्षेत्रको अभिलेख’ सार्वजनिक

काठमाडौं । चिनियाँ भिक्षुको नेपाल यात्रा-विवरण ‘महान् ताङको पश्चिमी क्षेत्रको अभिलेख’ नामक पुस्तकको नेपाली अनुवाद सार्वजनिक गरिएको छ । राजधानीमा […]
१३ देशका लागि राजदूत सिफारिस (सूचीसहित)

काठमाडौं । सरकारले १३ वटा देशका लागि राजदूत सिफारिस गरेको छ । आज बसेको मन्त्रिपरिषद बैंठकले विभिन्न अमेरिका, भारतसहित १३ […]
अर्थमन्त्री डा.वाग्लेको भारत भ्रमण : आर्थिक सम्बन्ध तथा पुनःस्थापना र पुनर्निर्माणबारे छलफल जारी

एजेन्सी । अर्थमन्त्री डा.स्वर्णिम वाग्ले भारत भ्रमणमा छन् । उनले भारतका अर्थमन्त्री निर्मला सीतारमणसँग भेट गरिसकेका छन् । यसैविच भारत […]
प्रधानमन्त्रीले गरे जेनजी सांसदसँग अन्तरक्रिया

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले जेनजी सांसदसँग अन्तरक्रिया गरेका छन् । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा जेन्जी उमेर समूहका सांसदहरूसँग […]
त्रिशूली–१ को टनेलबाट ६ वटा शव निकालियो

रसुवा । रसुवास्थित माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनाको अडिट–३ सुरुङबाट ६ वटा शव निकालिएको छ। उद्वार टोलीले ६ वटा शव ढलानका […]










