घुससहित पक्राउ परेका उपसचिव विरुद्ध भ्रष्टाचार मुद्धा दर्ता
- अशोज २, २०७९
- 0
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, नागरिक उड्डयन महाशाखाका उप–सचिव प्रमोद नेपालले भ्रष्टाचार गरेको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दर्ता गरेको छ ।
प्याराग्लाइडिङ सञ्चालनका लागि अनुमति पत्र (लाइसेन्स) उपलब्ध गराइदिने कामका लागि सेवाग्राहीसँग नगद छ लाख रुपियाँ घुस लिइसकेको र साथमा थप १६ लाख ५० हजार रुपियाँ नगद भेटिएपछि आयोगले अनुसन्धान सुरु गरेको थियो । आयोगले दुवै रकम अवैध कमाइ भएको निष्कर्ष निकालेको छ ।
आयोगका प्रवक्ता श्यामप्रसाद भण्डारीका अनुसार, उपसचिव नेपालविरुद्ध २२ लाख ५० हजार रुपियाँ बिगो दाबीसहित विशेष अदालतमा अभियोगपत्र दर्ता गरिएको छ ।
0 प्रतिक्रिया
निरोगी नेपाल बनाउन ध्यान र योग नियमित गर्नुपर्छ : ओली
प्रधानमन्त्री केपी शर्मा ओली युद्ध र अशान्तिबाट त्रस्त विश्वलाई शान्तिमय बनाउन योग र ध्यानलाई जीवन पद्धतिका रुपमा अपनाउनुपर्ने बताएका छन् […]
एनपीएलको पहिलो उपाधि बिजेता बन्यो जनकपुर
जनकपुर बोल्ट्सले सुदूरपश्चिम रोयल्सलाई हराउँदै पहिलो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)को उपाधि जितेको छ । टीयू क्रिकेट मैदानमा आज सम्पन्न […]
इभी गाडी व्यवसायीको गुनासो : ‘खरिद गर्न सजिलो, पाल्न गार्हो’
सविता नयाँजू / नेपालमा पछिल्लो समय विद्युतीय सवारी साधन(ईभी) को प्रयोग बढ्दै गएको छ । सार्वजनिक यातायातका साधनका रुपमा ‘विजुली […]
जनजिवन : एउटा युवा शक्ति जसले अस्थायी रुपमा पान व्यापार गरिरहेका छन्
नेपाल जीवनस्तर सर्वेक्षणको तेस्रो प्रतिवेदनअनुसार गरिबीको रेखा प्रतिव्यक्ति प्रतिवर्ष १५ हजार ९ सयबाट वृद्धि भई ३७ हजार ८ सय ७९ […]
नेपालमा फेरि मंकीपक्स संक्रमित भेटिएपछि स्वास्थ्य मन्त्रालयल भन्याे- सतर्क रहनू
नेपालमा मंकिपक्स पुष्टि भएपछि सरकारले सतर्कता अपनाउन सचेत गराएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार विज्ञप्ति जारी गरी सावधानी अपनाउन […]