नयाँ स्टक ब्रोकरका लागि धितोपत्र बोर्डले खुलायो दरखास्त
- अशोज २, २०७९
- 0

नेपाल धितोपत्र बोर्डले नयाँ स्टक ब्रोकरका लागि प्रस्ताव आह्वान गरेको छ ।
बोर्डले आज आइतबार सार्वजनिक सूचना निकाल्दै ३० दिनभित्र प्रस्ताव पेश गर्न भनेको हो ।
धितोपत्र सम्बन्धी ऐन, २०६३ र सो अन्तर्गत बनेका नियम तथा प्रचलित कानुनको अधिनमा रही धितोपत्र दलाल तथा धितोपत्र व्यापारीको रूपमा धितोपत्र व्यवसाय गर्न इच्छुक, धितोपत्र सम्बन्धी ऐन तथा नियमावली बमोजिम योग्यता पुगेका संस्थाले अनुमतिपत्रका लागि आवेदन दिन पाउने छन् ।
निवेदन पेस गर्दा निवेदकको नाम, ठेगाना स्पष्ट खुल्ने गरी नेपाल धितोपत्र बोर्डलाई सम्बोधन गरी धितोपत्र दलाल तथा धितोपत्र व्यापारी नियमावली, २०६४ मा उल्लेखित कागजात तथा विवरणहरू पेस गर्नु पर्ने पनि सूचनामा उल्लेख छ ।
0 प्रतिक्रिया
राष्ट्रपतिबाट सरकारको नीति तथा कार्यक्रम प्रस्तुत

राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल सरकारको आगामी आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रम सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकमा प्रस्तुत […]
विद्युत प्राधिकरणको श्वेतपत्र सार्वजनिक, ५ अर्ब २६ करोड नोक्सानीमा

नेपाल विद्युत प्राधिकरणले श्वेत पत्र सार्वजनिक गरेको छ । शुक्रबार पत्रकार सम्मेलनको आयोजना गर्दै निर्देशक हितेन्द्रदेव शाक्यले श्वेत पत्र सार्वजनिक […]
आयोगको निर्देशन नमान्ने निजी मेडिकल कलेजको सम्बन्धन खारेज गरिदिने मन्त्री पौडेलको चेतावनी

स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले निजी मेडिकल कलेजको सम्बन्धन खारेज गर्ने चेतावनी दिएका छन् । आवासीय चिकित्सक र नेपाल चिकित्सक […]
मन्त्रिपरिषद् बैठक स्थगित

आज (शुक्रबार)बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक स्थगित भएको छ । शुक्रबार प्रधानमन्त्रीको सरकारी कार्यालय सिंहदरबारमा बिहान १० बजेका लागि बोलाइएको बैठक […]
भारतको केआईआईटी होस्टेलमा मृत भेटिएकी नेपाली विद्यार्थीका बारे अनुसन्धान सुरु

भारतको उडिसा राज्यस्थित भुवनेश्वरको कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) को होस्टेलमा मृत फेला परेकी युवतीको घट्नाबारे अनुसन्धान सुरु गरिएको […]