नेपाल टेलिकमले आजदेखि निःशुल्क ई–सिम वितरण गर्ने
- भदौ ३१, २०७९
- 0

नेपाल टेलिकमले शुक्रबारदेखि निःशुल्क ई–सिम (इम्बेडेड सिमकार्ड) वितरण गर्ने भएको छ।
हाल ‘फिजिकल सिम’ प्रयोग गरिरहेका टेलिकमका ग्राहकका पोस्टपेड र प्रिपेड सिमलाई निःशुल्क ई–सिममा परिवर्तन गर्न सकिने नेपाल टेलिकमले जनाएको छ । टेलिकमले नयाँ पोस्टपेड लिन चाहने ग्राहकलाई हालको बिक्री मूल्यमा ई–सिम उपलब्ध गराउने छ।
ई–सिम एक प्रकारको भर्चुअल अर्थात् इलेक्ट्रोनिक (इम्बेडेड) सिम हो। ई–सिम उपलब्ध भएपछि भौतिक रूपमा प्रयोग गरिने सिमकार्डको आवश्यकता पर्दैन।
मोबाइल सेटबाहेक ई–सिमलाई अन्य डिभाइस तथा स्मार्ट वाच र शरीरमा पहिरिनयोग्य विभिन्न प्रकारका डिभाइसमा समेत प्रयोग गर्न सकिन्छ । ई–सिम प्रयोगमा आएपश्चात् सिमकार्ड परिवर्तन गर्नुपर्दैन।
0 प्रतिक्रिया
यस्तो छ आगामी वर्षको नीति तथा कार्यक्रम (पूर्णपाठ)

सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ । राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्को संयुक्त बैठकलाई सम्बोधन गर्दै […]
वैदेशिक रोजगारीलाई सुरक्षित र व्यवस्थित बनाउन नीति तथा कानुन संशोधन गरिने

सरकारले देशभित्रै उद्यमशीलता प्रवद्र्धन गरी युवा रोजगारी सृजना गर्ने भएको छ । शुक्रबार सरकारको नीति तथा कार्यक्रम सार्वजनिक गर्दै राष्ट्रपति […]
राष्ट्रपतिबाट सरकारको नीति तथा कार्यक्रम प्रस्तुत

राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल सरकारको आगामी आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रम सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकमा प्रस्तुत […]
विद्युत प्राधिकरणको श्वेतपत्र सार्वजनिक, ५ अर्ब २६ करोड नोक्सानीमा

नेपाल विद्युत प्राधिकरणले श्वेत पत्र सार्वजनिक गरेको छ । शुक्रबार पत्रकार सम्मेलनको आयोजना गर्दै निर्देशक हितेन्द्रदेव शाक्यले श्वेत पत्र सार्वजनिक […]
आयोगको निर्देशन नमान्ने निजी मेडिकल कलेजको सम्बन्धन खारेज गरिदिने मन्त्री पौडेलको चेतावनी

स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले निजी मेडिकल कलेजको सम्बन्धन खारेज गर्ने चेतावनी दिएका छन् । आवासीय चिकित्सक र नेपाल चिकित्सक […]