काठमाडौं महानगरपालिकामा असोज १ देखि सार्वजनिक क्षेत्रमा धुम्रपान गर्न निषेध
- भदौ ३०, २०७९
- 0

काठमाडौं महानगरपालिकाले असोज १ गतेदेखि सार्वजनिक क्षेत्रभित्र धुम्रपान निषेध गरेको छ ।
महानगरपालिकाले आज एक सूचना जारी गर्दै यस्तो जनाएको हो ।
असोज १ गतेदेखि सार्वजनिक स्थलमा चुरोट, बिँडी, सिगार, तमाखु, सुल्झा, कक्कड, कच्चा सुर्ती, खैनी गुट्खा वा त्यस्तै प्रकारका अन्य पदार्थ सेवन गर्न प्रतिबन्ध लगाइएको महानगरले जनाएको छ ।
सार्वजनिक स्थललाई धुम्रपान तथा सुर्तीजन्य पदार्थ मुक्त गराउने कार्यका लागि गरिने नियमन तथा नियन्त्रणसम्बन्धी कार्यमा सहयोग गर्न महानगरले सबैमा अनुरोध छ ।
यो सूचनाको उल्लङ्घन गरेमा सुर्तीजन्य पदार्थ नियन्त्रण र नियमन गर्ने ऐन २०६८ समेतका आधारमा कानुन उल्लङ्घन गर्ने व्यक्तिलाई सार्वजनिक स्थलबाट बाहिर निकाल्ने वा तोकिए बमोजिमको जरिवानासमेत हुने सूचनामा उल्लेख छ ।
0 प्रतिक्रिया
कांग्रेसले बोलायो पदाधिकारी बैठक

नेपाली कांग्रेसको पदाधिकारी बैठक मंगलबार बस्दैछ । सभापति शेरबहादुर देउवाले पार्टी पदाधिकारी बैठक दिउँसो २ बजे आफ्नै निवास बूढानीलकण्ठमा बस्नेगरी […]
राप्रपा केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय कार्यसम्पादन समिति बैठक मंगलबार बस्दैछ । बैठक बिहान ११ बजे केन्द्रीय कार्यालय धुम्बाराहीमा बस्नेछ […]
नेपाल कमर्स क्याम्पसमा मतदान सुरू (तस्वीरहरु)

नेपाल कमर्स क्याम्पसमा स्ववियु निर्वाचनको मतदान प्रक्रिया सुरू भएको छ । बिहान ८ बजेदेखि सुरु भएको मतदान अहिले जारी छ […]
आज एकै दिन ६ वटा समितिको बैठक बस्दै

संघीय संसद अन्तर्गत रहेका विभिन्न ६ वटा समितिको बैठक बस्दैछ । आज सार्वजनिक लेखा समिति, अर्थ समिति, कृषि, सहकारी तथा […]
स्ववियु निर्वाचन : अधिकांश क्याम्पसमा मतदान सुरु, त्रिचन्द्रसहित आरआर क्याम्पसमा ताला

त्रिभुवन विश्वविद्यालयअन्तर्गतका आंगिक र सम्बन्धन प्राप्त क्याम्पसमा मतदान सुरु भएको छ । बिहान ८ः०० बजेदेखि ४६ आङ्गिक र दुई सय […]