सिटी एक्स्प्रेसको ‘लखपति एक्स्प्रेस’ योजनाको दोस्रो महिनाको १ लाख विजेता घोषित

news-details

सिटी एक्स्प्रेस मनि ट्रान्सफरको ‘लखपति एक्स्प्रेस’ योजना अन्तर्गत मलेसियाको मर्चण्ट्रेड बाट पैसा पठाई दोस्रो महिनाको रु १ लाखको मासिक लक्की ‘ड्र«’मा परी पर्साका बिनोद अग्रहरी विजेता घोषित भएका छन् ।

यस उपहार योजना अबधीमा हालसम्म दैनिक उपहार योजना अन्तर्गत ९ सय २४ जनाले रु २०० को मोबाइल टप अप, साप्ताहिक रुपमा ३० जना विजेताले रु १०,००० र १ जनाले रु १ लाख जितिसकेका छन् । ती सबै उपहारहरु विद्युतीय लक्की ‘ड्र’ मार्फत विजेता छनौट गरिएको थियो । सिटी एक्सप्रेस कम्प्लेक्स भवनमा कार्यक्रमको आयोजना गरी एक समारोहबीच उक्त नगद पुरस्कार हस्तान्तरण गरिएको थियो ।

सिटी एक्स्प्रेसको ‘लखपति एक्स्प्रेस’ उपहार योजना अन्तर्गत ‘लक्की ड्र’ मार्फत उपभोक्ताहरुले दैनिक रु २०० को मोबाइल टप अप १२ जनाले जित्न सक्ने त्यसैगरी साप्ताहिक रुपमा तीनजना विजेताहरुले रु १०,००० र हरेक महिना ‘लक्की ड्र’मा विजयी हुने एक जनाले रु १ लाख जित्न सक्ने, उपहार योजनाको अन्त्यमा एक जना भाग्यशाली विजेताले बम्पर उपहार र सिटी एक्स्प्रेस मनी ट्रान्सफर प्रा.लि.१२ औं बर्ष प्रवेश गरेको उपलक्ष्यमा रु १२ लाखसम्म जित्न सक्ने छन् ।

यो योजना असोज १ गते देखि मंसिर २९ गते सम्म लागू  हुनेछ । यो अवधिभर सिटी एक्सप्रेसमार्फत मनी ट्रान्सफर गर्ने सम्पूर्ण सेवाग्राही उपहार योजनामा सहभागी हुनेछन् ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *