कुँवरसहितको लगानीमा ललितपुरमा खुल्यो : कोरियन बार्बिक्यु रेष्टुरेन्ट

news-details

गैरआवासीय नेपाली संघका अध्यक्ष विनोद कुँवरसहित दक्षिण कोरियाबाट फर्किएका युवाहरु मिलेर ललिलपुरमा अन्तर्राष्ट्रियस्तरको कोरियन रेष्टुरेन्ट ‘कोरियन बार्बिक्यु रेष्टुरेन्ट’ संचालनमा ल्याएका छन् ।

कोरियन खाना खुवाउने उदेश्यसहित संचालनमा आएको रेष्टुरेन्टको उद्घाटन बुधवार ललितपुर महानगरपालिकाका प्रमुख चिरिबहादुर महर्जन र गोदावरी नगरपालिकाका प्रमुख गजेन्द्र महर्जनले संयुक्तरुपमा गरेका छन् ।

स्वदेशमै लगानी गर्ने र रोजगार सृजना गर्ने उदेश्यका साथ अन्तर्राष्ट्रियस्तरको कोरियन खाना नेपालीलाई चखाउन रेष्टुरेन्ट संचालनमा ल्याएको कुँवरको भनाई छ ।

‘मलगायत अन्य कोरियन रिट्रनी साथिहरु मिलेर रेष्टुरेन्ट संचालनमा ल्याएका छौं, कोरियन खानाका लागि अवश्य सम्झनुहोला ’ संचालक कुँवरले अनुरोध गरेका छन् ।

ललितपुर एकान्तकुना खरिबोटमा रहेको रेष्टुरेन्टमा कोरियाको लामो बसाईको अनुभव संहालेका समूहले नेपाल र कोरियाको संस्कृति र खानपानलाई एकआपसमा जोड्नका लागि सहयोग पुग्ने बताएका छन् ।

रेष्टुरेन्टमा असोज १४ गतेसम्म ओपनिङ्ग डिस्काउण्ट रहको जनाइएको छ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *