सिटी एक्सप्रेस र साउदी अरबस्थित टेलिमनी बैंकद्वारा बम्पर उपहार बिजेतालाई कार हस्तान्तरण

news-details

सिटी एक्सप्रेस मनी ट्रान्सफर नेपाल रं साउदी अरबस्थित टेलिमनी बैंक को संयुक्त आयोजनामा “नेपाल पैसा पठाउनुहोस र पुरस्कार जित्नुहोस” अफर उपहार योजना अन्तर्गतको बम्पर उपहार बिजेतालाई कार हस्तान्तरण गरिएको छ ।

नोभेम्बर १, २०२१ देखि ६ महिनाको लागि सञ्चालन भएको सो उपहार योजना अन्तर्गत साउदीको टेलिमनी बैंकमार्फत नेपालमा सिटी एक्सप्रेसमा रेमिट्यान्स रकम पठाउदा १५ जनाले सामसुङ मोबाईल फोन, तीन जनाले १० ग्राम सुन, तीन जनाले ५००० नगद साउदी रियाल, तीन जनाले आई फोन १३ प्रो म्याक्स र बम्परमा एक जनाले निसान सन्नी कार प्राप्त गर्ने घोषणा भएको थियो । ती सबै पुरस्कारहरु २/२/२ महिना गरी ६ महिनासम्म बिद्युत्तिय लक्की ड्र मार्फत घोषणा गरिएको थियो र अन्तिममा बम्पर उपहारको घोषणा गरिएको हो ।

सोही योजना अनुरुप गत भदौ ३ गते साउदीस्थित टेलिमनी सेन्टरमा आयोजित कार्यक्रमकाबीच बम्पर उपहार (निसान सन्नी) कार विजेतालाई पुरस्कार हस्तान्तरण गरिएको छ । राम गोपालपुर, महोत्तरी निवासी हाल साउदीमा कार्यरत ३५ वर्षिय जम्सेद नदापलाई उक्त बम्पर पुरस्कार हस्तान्तरण गरिएको हो । जम्सेद बिगत ६ बर्षदेखी साउदीमा काम गर्दै आइरहेका छन् ।

उक्त पुरस्कार हस्तान्तरण कार्यक्रममा बिशिस्ट ब्यक्तित्वहरुको उपस्थिती रहेको थियो । नेपाली राजदुतावासका मिसन उपप्रमुख दिलिप कुमार पौडेल, सिटी एक्सप्रेस मनी ट्रान्स्फरका प्रबन्ध निर्देशक चन्द्र टण्डन, Basem B. Madda– टेलिमनी केन्द्र प्रमुख, Abdulelah A. Bin Twalah– सेल्स म्यानेजर, जीतेन्द्र थपलिया (टेलिमनी रेमिटान्स म्यानेजर र अन्य टेलिमनी बैंकका प्रतिनिधीहरुका साथ बम्पर उपहार विजेता जम्सेद नदापलाई कार हस्तान्तरण गरिएको थियो ।

सिटी एक्सप्रेसले रेमिटान्स क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउदै बिगत १६ वर्ष देखि संसार भरबाट विप्रेषण सेवा प्रदान गर्दै आइरहेको छ । आन्तरिक विप्रेषण अन्तर्गत सिटी एक्सप्रेसका देशभर छरिएर रहेका १५,००० भन्दा बढि भुक्तानी केन्द्रहरु मार्फत छिटो, सहज र सुरक्षित तरिकाले भुक्तानी प्रदान गर्ने, कुनै पनि बैंकको खातामा रकम जम्मा गर्ने र मोबाईल वालेटमा लोड गर्न सकिने जस्ता सुविधाहरु प्रदान गर्दै आइरहेको छ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *