कोभिड संक्रमण बढेको भन्दै चीनले बन्द गर्यो तातोपानी र रसुवागढी नाका
- साउन २६, २०७९
- 0

तिब्बतमा कोभिड संक्रमण दर बढेको भन्दै चीनलले तातोपानी र रसुवागढी नाका बन्द गरेको छ । रसुवागढी नाका गत शनिबारबाट र तातोपानी नाका बुधबारदेखि बन्द भएसँगै सो नाकाबाट चिनियाँ सामान आयात हुन पाएको छैन् ।
तातोपानी सुख्खा बन्दरगाह भन्सार कार्यालयका प्रमुख नारद गौतमले बुधबारदेखि चीनबाट सामान आयात नभएको जानकारी दिए । तिब्बतमा कोभिड संक्रमण दर बढेको भनिए पनि अब कहिले खुल्नेबारे केही जानकारी नआएको उनले बताए ।
यता रसुवाको रसुवागढी नाका पनि बन्द भएको रसुवागढी भन्सार प्रशासक डा रामप्रसाद मैनालीले बताए । नाका भएर शनिबारदेखि मालसामान आयात नभएको उनको भनाइ छ । ‘तिब्बततर्फ लकडाउन भएको अपुष्ट जानकारी आएको छ । शनिबारदेखि रसुवागढी नाका ठप्प छ,’ मैनालीले भने, ‘तर हामीलाई कुनै पनि औपचारिक जानकारी दिइएको छैन ।’
0 प्रतिक्रिया
एनआरएनए एकता महाधिवेशनमा परराष्ट्रमन्त्री राणाको स्वार्थ, श्रेष्ठलाई अध्यक्ष बनाउन भित्रि सहमति

गैरआवासीय नेपाली संघ (एनआरएनए)को उच्चस्तरीय समितिले आयोजना गरेको एकता महाधिवेशन आजबाट काठमाडौंमा सुरु भएको छ । परराष्ट्र मन्त्री डा. आरजु […]
सरकारका नीति तथा कार्यक्रम सही छ, ढुक्कले समर्थन गर्नुस् : प्रधानमन्त्री

प्रधानमन्त्री एवं नेकपा (एमाले) संसदीय दलका नेता केपी शर्मा ओलीले संघीय संसद्मा प्रस्तुत नेपाल सरकारको नीति तथा कार्यक्रम स्थिरता, विकास […]
मिथिला संस्कृतिको पुन जागरणमा सबै पक्षको सहभागिता अनिवार्य : मन्त्री पाण्डे

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री प्रसाद पाण्डेले मिथिला सभ्यता र संस्कृतिको पुन जागरणमा मन्त्रालय पूर्ण रुपमा कटिबद्ध रहेको […]
नेकपा एमाले संसदीय दलको बैठक बस्दै

नेकपा एमालेको संसदीय दलको बैठक बस्दैछ । आज शनिबार दिउँसो १ बजे बालुवाटारमा संसदीय दलको बैठक बस्न लागिएको हो । […]
छोराछोरी सामुदायिक विद्यालयमा पढाउन मण्डनदेउपुर नगरको निर्देशन

काभ्रेपलाञ्चोक, मण्डनदेउपुर नगरपालिकाले स्थानीय जनप्रतिनिधिदेखि कर्मचारीसम्मका छोराछोरीलाई सामुदायिक विद्यालयमा पठनपाठन गराउन निर्देशन दिएको छ । नगरले जनप्रतिनिधि, शिक्षक, नगरका कर्मचारी […]