हिमालय एअरलाइन्सको सामाजिक उत्तरदायित्व प्रतिवेदन सार्वजनिक

news-details

नेपालको अन्तर्राष्ट्रिय नीजि हवाई कम्पनी हिमालय एअरलाइन्सले सन् २०२०–२०२१ अवधिभर तथा कोभिड महामारीमा गरेका संस्थागत सामाजिक उत्तरदायित्वहरूको प्रतिवेदन सार्वजनिक गरेको छ ।
हिमालय एअरलाइन्सले व्यवसायिक मात्र नभएर सामाजिक क्षेत्रमा पनि उल्लेख्य कार्य गरेको प्रतिवेदनमा उल्लेख गरेको छ । हिमालय एअरलायन्स्की ब्राण्ड विभागीय प्रमुख उज्ज्वला दली र एअरलाइन्स्का मैन्टीनेन्स एण्ड इन्जिनेरिङ्ग विभागीय प्रमुख राजेश प्रसाद श्रेष्ठले राजधानीमा बुधबार पत्रकार सम्मेलन गरी उक्त प्रतिवेदन सार्वजनिक गरेका हुन् ।
हिमालय एअरलायन्सले आफ्ना मुख्य संस्थागत सामाजिक उत्तरदायित्वका उद्देश्यहरूमा आर्थिक समृद्धि, वातावरणीय दिगोपना र सामाजिक उत्तरदायित्वसँग मिल्दाजुल्दा धेरै तवरबाट राष्ट्रलाई टेवा पु¥याउने काम गरेको प्रतिवेदनमा जनाइएको छ ।
हिमालयले प्रकाशित गरेको प्रतिवेदनले एअरलाइन्स्को दृष्टिकोण र योगदानहरूको प्रगतिको समग्र विवरण समेटेको छ । पहिलो पटक हिमालयले यस्तो प्रतिवेदन सार्वजनिक गरेको जनाएको छ ।
प्रतिवेदन विमोचन गर्दै एअरलायन्स्की ब्राण्ड विभागीय प्रमुख दलीले भनिन्–‘कोरोना संक्रमणको महामारीले विश्वभरका मानिसको जनजीवन प्रभावित त पा¥यो नै, व्यापार तथा अर्थतन्त्रलाई समेत उथलपुथल गरेकोले विगत दुई वर्ष अत्यन्तै चुनौतीपूर्ण रहे, यी चुनौतिपूर्ण घडीमा सबै सीमा र सिमानालाई पार गर्दै हिमालयले आफ्नो व्यवसायिक मर्यादालाई पालना गर्दै समाज र राष्ट्रको उन्नतिको लागि आफ्नो प्रतिबद्धतालाई पनि कायमै राख्न सफल रह्यो । यस सन्दर्भमा सम्भव भएसम्म महत्वपूर्ण योगदान दिन सफल पनि भएको छ । समग्र वृद्धि र सामाजिक कल्याण हाम्रा व्यवसायका दुई प्रमुख पक्षहरू हुन्, जसमा हामी निरन्तररुपमा हाम्रो व्यवसायको विकास–उन्मुख भविष्यको मार्ग सुरक्षित गर्न प्रतिबद्ध छौं ।’


सन् २०२० मा देखा परेको कोभिड–१९ को प्रकोपसँगै, संस्थागत सामाजिक उत्तरदायित्वको भूमिका पहिलेको भन्दा अझ बढी महत्वपूर्ण भएको स्वीकार गर्दै हिमालयले अग्रगामीरुपमा नेपाल सरकारको कोभिड–१९ कोषमा रू. १० लाख, कोभिड–१९ अत्यावश्यक स्वास्थ्य सामग्रीका लागि कार्गो उडान सञ्चालन, विभिन्न देशबाट अलपत्र परेका यात्रुलाई फिर्ता ल्याउने कार्य, विभिन्न अस्पतालहरूलाई स्वास्थ्य सामग्री उपलब्ध गराउनेलगायतका कार्यमा कम्पनीका संस्थागत सामाजिक उत्तरदायित्वका गतिविधिहरू सन् २०२१ मा थप केन्द्रित भएको जनाएको छ ।
नेपाल सरकारसँग सहकार्य गर्दै संकटको घडीमा भेरोसेल भ्याक्सिनको २,००,००० डोज ल्याउन रू. २ करोड २५ लाख बराबरको चारवटा निःशुल्क कार्गो उडानहरू सञ्चालन गरेको हिमालयले जनाएको छ ।
एअरलाइन्स्ले विगत पाँच वर्षदेखि आफ्ना संस्थागत सामाजिक उत्तरदायित्व ब्यानर अन्तर्गत एक गैर–सरकारी संस्था “प्रयास नेपाल”लाई पनि साथ दिंदै आएको र बाल–बालिकाहरूको सपना साकार पार्न आफ्नो ‘शिक्षातर्फका पाइलाहरू’ कार्यक्रम अन्तर्गत विपन्न बाल–बालिकाका लागि वार्षिक रूपमा महत्वपूर्ण योगदान पु¥याउँदै आएको जनाएको छ ।
संस्थागत सामाजिक उत्तरदायित्व प्रतिवेदनले हिमालय एअरलाइन्स्को कार्यसम्पादन र कम्पनीको सामाजिक उत्तरदायित्वलाई उजागर गर्दै यसका पाँच प्रमुख क्षेत्रहरू आर्थिक समृद्धि, वातावरणीय दिगोपन, सामाजिक उत्तरदायित्व, सञ्चालनका पक्षहरू र गुणस्तर व्यवस्थापन प्रणालीमा योगदान अगाडि सारेको छ ।
पत्रकार सम्मेलनमा हिमालय एअरलाइन्स्को सामाजिक उत्तरदायित्व संलग्नतालाई उजागर गर्ने भिडियो सामाग्री समेत प्रसारण गरिएको थियो ।

 

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *