तातोपानी नाका अवरुद्ध, खुलाउने प्रयास जारी
- साउन १६, २०७९
- 0
अविरल वर्षाका कारण अरनिको राजमार्गअन्तर्गत भोटेकोसी गाउँपालिका–४ डाक्लाङमा आज बिहान सडक भासिएपछि यातायात अवरुद्ध भएको छ ।
सडक भासिएर यातायात अवरुद्ध हुँदा तातोपानी हुँदै चीनतर्फ जाने आउने मालवाहक सवारी साधनको आवागमन रोकिएको छ । अहिले सडक मर्मतका लागि सडक विभागसँग समन्वयमा काम सुरु भएको छ ।
साना सवारी साधन निर्बाध रुपमा चलिरहेका छन् भने ठूला सवारी साधनका लागि बाटो खुलाउने काम सुरु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक दक्षकुमार बस्नेतले जानकारी दिए । -रासस
0 प्रतिक्रिया
गृह मन्त्रालयद्धारा गुनासो सुनुवाई कक्ष स्थापना
गृह मन्त्रालयले मन्त्रालय र मातहतका निकायबाट प्रवाह हुने सेवासँग सम्वन्धित गुनासोको सम्बोधनलाई थप प्रभावकारी बनाउन ‘हेलो गृह मन्त्रालय गुनासो सुनुवाई […]
शुक्रबारसम्ममा किसानले पाउने उखुको समर्थन मूल्य सार्वजनिक हुने
कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले भोलि९शुक्रबार०सम्ममा किसानको उखुको समर्थन मूल्य बाहिर सार्वजनिक हुने जानकारी दिएका छन् । बिहीबार सिंहदरबारमा […]
रवि लामिछानेलाई आज साँझ काठमाडौं ल्याइँदै
सहकारी ठगी प्रकरणमा कास्की प्रहरीको हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई आज काठमाडौं ल्याइने भएको छ । उनलाई […]
डिजिटल भुक्तानीमा नेपालको फड्को : क्यूआर कोडप्रति बढ्दो आकर्षण
नेपाल राष्ट्र बैंकद्वारा सार्वजनिक भुक्तानी प्रणाली सूचकांक प्रतिवेदनले नेपालमा डिजिटल भुक्तानीको प्रयोग उल्लेखनीय रूपमा बढेको देखाएको छ । प्रतिवेदनका अनुसार […]
नेप्से परिसूचक ८.३० अंकले घट्यो, कारोबार रकममा पनि कमी
बिहीबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ८.३० अंकले घट्दै २,७४८ अङ्कमा झरेको छ । अघिल्लो दिनको तुलनामा बजार घटेसँगै कुल […]