काठमाडौको पद्मोदयमोडमा सोमबारदेखि ‘जुत्ता एक्सचेञ्ज मेला’सुरु, पुरानोसँग नयाँ जुत्ता साट्न पाउने आकर्षक अफर

news-details

पुरानो जुत्तासँग नयाँ जुत्ता साट्न पाउने आकर्षक अफरसहित भोलि (सोमबार)बाट काठमाडौको पुतलीसडक पद्मोदय मोडमा चर्चित नेपाली ब्रान्डका ‘जुत्ता एक्सचेञ्ज मेला’ सुरु हुने भएको छ ।

काठमाडौं पुतलीसडकबाट प्रदर्शनीमार्गतिर मोडिने वित्तिकैको पद्मोदय मोड ट्राफिक विटसँगै नेपालका प्रख्यात ब्राण्डका जुत्ताहरुको एक्सचेञ्ज मेलामा जुनसुकै ब्राण्डका पुराना जुत्ता ल्याएर नयाँ जुत्ता साट्न पाइनुका साथै प्रत्येक पुरानो जुत्ताको ५ सय रुपैया मुल्यांकन गरेर त्यसमा अझ २५ प्रतिशत छुटसहित नयाँ जुत्ता दिइने आकर्षक अफर रहेको आयोजकले जानकारी दिएका छन ।

नेपाली उपभोक्तालाई नयाँ नयाँ जुत्ता लगाउन प्रेरित गर्नका लागि एक्सचेञ्ज मेला आयोजना गरिएको मेला आयोजक प्रमोद महतोको भनाई छ । ‘यसअघि पनि पटक–पटक यस्ता मेला आयोजना गर्दा उपभोक्ताहरुको व्यापक चासो र भिड देखिएकाले अहिले फेरी एक्सचेञ्ज मेला आयोजना गरिएको हो’ आयोजक महतोको भनाई छ ।

एक्सचेञ्ज मेलाका लागि नै भनेर जुत्ता कम्पनीले १ सय ५० भन्दा बढि नयाँ र लेटेस्ट डिजाइनका जुत्ता लन्च गरेका छन । नेपाली उपभोक्तालाई आफ्नो ब्राण्डको जुत्ता लगाउने वानी बसाल्नका लागि यस्तो आकर्षक अफर ल्याएको र जुत्ताको बजार मुल्य अनुसार नै छुट दिइएकाले उपभोक्तालाई फ्याक्ट्रीको उत्पादन लागत भन्दा सस्तो मूल्यमै नयाँ जुत्ता उपलब्ध हुने अर्का आयोजक जीवन श्रेष्ठको भनाई छ ।

स्वदेशमा बनेका जुत्ताचप्पलले नेपालीहरुको मन जितिरहेको अवस्थामा अझ नेपाली उपभोक्तालाई आकर्षित गर्नका लागि एक्सचेञ्ज मेला सार्थक हुने आयोजकको भनाई छ ।

जुत्ता एक्सचेञ्ज मेलामा केटिएम सुज र भेनस सुजका नयाँ नयाँ डिजाइनका जुत्ता राखिएका छन् । हरेक ब्राण्डका जुत्तामा कम्तिमा ६ महिनाको वारेण्टी रहेको छ ।

 

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *