संसदीय विशेष समितिमा पूर्वअर्थमन्त्री शर्माको बयानः बजेट निर्माणमा अनाधिकृत व्यक्ति नल्याएको दावी
- साउन ५, २०७९
- 0
पूर्वअर्थमन्त्री जनार्दन शर्माले बजेट निर्माणमा आफूले कुनै अनाधिकृत व्यक्ति नल्याएको दावी गरेका छन् ।
बिहीबार विहान शर्मामाथि छानबिन गर्न गठित संसदीय विशेष समितिलाई बयान दिने क्रममा शर्माले यस्तो दावी गरेका हुन् ।
उनले आफूमाथि लागेको आरोपको खण्डन गरे । ‘अर्थ मन्त्रालयमा बाहिरको मान्छे पस्ने सम्भावना नै छैन। सीसीटीभी फुटेज कहिलेसम्म रहन्छ, त्यो मन्त्रीलाई जानकारी हुने कुरा भएन’, शर्माले भने ।
गत जेठ १४ गते शर्माले अनाधिकृत व्यक्तिहरुलाई प्रवेश गराई करको दर हेरफेर गरेको खुलेको थियो । जसमा समाचार लेख्ने दुई पत्रकारहरुलाई समितिले वुधबार नै बयान लिइसकेको थियो ।
0 प्रतिक्रिया
चिनियाँ भिक्षुको ‘महान् ताङको पश्चिमी क्षेत्रको अभिलेख’ सार्वजनिक

काठमाडौं । चिनियाँ भिक्षुको नेपाल यात्रा-विवरण ‘महान् ताङको पश्चिमी क्षेत्रको अभिलेख’ नामक पुस्तकको नेपाली अनुवाद सार्वजनिक गरिएको छ । राजधानीमा […]
१३ देशका लागि राजदूत सिफारिस (सूचीसहित)

काठमाडौं । सरकारले १३ वटा देशका लागि राजदूत सिफारिस गरेको छ । आज बसेको मन्त्रिपरिषद बैंठकले विभिन्न अमेरिका, भारतसहित १३ […]
अर्थमन्त्री डा.वाग्लेको भारत भ्रमण : आर्थिक सम्बन्ध तथा पुनःस्थापना र पुनर्निर्माणबारे छलफल जारी

एजेन्सी । अर्थमन्त्री डा.स्वर्णिम वाग्ले भारत भ्रमणमा छन् । उनले भारतका अर्थमन्त्री निर्मला सीतारमणसँग भेट गरिसकेका छन् । यसैविच भारत […]
प्रधानमन्त्रीले गरे जेनजी सांसदसँग अन्तरक्रिया

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले जेनजी सांसदसँग अन्तरक्रिया गरेका छन् । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा जेन्जी उमेर समूहका सांसदहरूसँग […]
त्रिशूली–१ को टनेलबाट ६ वटा शव निकालियो

रसुवा । रसुवास्थित माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनाको अडिट–३ सुरुङबाट ६ वटा शव निकालिएको छ। उद्वार टोलीले ६ वटा शव ढलानका […]










