७ ट्राभल एजेन्सीले पाए अन्तराष्ट्रिय हवाई टिकट बिक्रीको अनुमति

news-details

सात वटा ट्राभल एजेन्सीले अन्तराष्ट्रिय हवाई टिकट बिक्रीको अनुमति पाएका हुन् । नेपाल राष्ट्र बैंकले ति ट्राभल एजेन्सीलाई टिकट बिक्रीको स्वीकृति दिएसँगै उनीहरुले टिकट बिक्रीका लागि अनुमति पाएका हुन् ।

यसरी टिकट बिक्रीको स्वीकृति पाउने ट्राभल एजेन्सीहरुमा सितारा ट्राभल्स, गोचाली टुर एन्ड ट्राभल्स, रेजेन्सी नेपाल ट्राभल्स, ओर्बिट इन्टरनेसनल ट्राभल्स, सुरुची ट्राभल्स, सीलिंक र सक्सेस ट्राभल्स एन्ड टुर रहेका छन ।

राष्ट्र बैंकले गत असार १३ गते सूचना जारी गर्दै अन्तर्राष्ट्रिय हवाई टिकट बिक्रेता कम्पनीहरुलाई दर्ता हुन आग्रह गरेको थियो । सोही अनुसार आवेदन परेकामध्ये रीत पुगेका ७ कम्पनीलाई टिकट बिक्रीका लागि स्वीकृत पाएका हुन् ।

राष्ट्र बैंकले सोमबार एक परिपत्र जारी गर्दै ती ट्राभल एजेन्सी कम्पनीलाई अन्तर्राष्ट्रिय हवाई टिकट बिक्रेता र ट्राभल एजेन्सीहरुको मौजुदा सुचीमा स्वीकृत भएको जनाएको छ । यी कम्पनीहरुलाई राष्ट्र बैंकको सम्पत्ति तथा सेवा व्यवस्थापन विभागले आर्थिक वर्ष २०७९/८० को लागि मौजुदा सूचीमा समावेश गरेको हो ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *