हिमालयन बैंकले सिभिललाई गाभ्ने सहमतिपत्रमा हस्ताक्षर

news-details

हिमालयन बैंकले सिभिल बैंकलाई गाभ्ने सहमति भएको छ । बुधबार दिउँसो दुई बैंकबीच मर्जर तथा एक्वीजिसन सम्बन्धि सम्झौता भएको हो ।

हिमालयनले १००ः८१ प्रतिशत स्वाप रेसियोमा सिभिललाई गाभ्ने सहमति भएको हो ।

प्रारम्भिक सहमति अनुसार नयाँ बन्ने बैंकको नाम हिमालयन बैंक नै रहने छ भने प्रमुख कार्यकारी अधिकृतमा हिमालयन बैंकका सिइओ अशोक राणा नै रहने छन् ।

नयाँ बन्ने बैंकको सञ्चालक समितिमा हिमालयन बैंककै सञ्चालक समिति रहने छ । सिभल बैंकका हालका सिइओ नयाँ बैंकको डेपुटी सिइओ हुनेछन भने कर्मचारी बराबरी हैसियतमा समायोजन हुने छन्।

हाल हिमालयन बैंकको चुक्ता पुँजी १२ अर्ब ९६ करोड तथा सिभिल बैंकको चुक्ता पुँजी ९ अर्ब ७ करोड रहेको छ । त्यसैगरी जगेडा कोषमा हिमालयन बैंकको रु ८ अर्ब ३ करोड र सिभिल बैंक लिमिटेडको रु २ अर्ब ९१ करोड रहेको छ । कर्जा लगानीतर्फ हिमालयन बैंकको रु १ खर्ब ५८ अर्ब तथा सिभिल बैंकको रु ८६ अर्ब ७४ करोड रहेको छ भने निक्षेपतर्फ हिमालयन बैंकको रु १ खर्ब ७२ अर्ब तथा सिभिल बैंकको रु ९३ अर्ब ३३ करोड रहेको छ ।

हिमालयन बैंकले इन्भेष्टमेन्ट बैंकसँग मर्जर तोडिएपछि नयाँ जोडी खोजिरहेको थियो। सिभिल बैंकसँग विभिन्न चरणमा कुरा भए पनि दुई बैंकबीच स्वाप रेसियोमा कुरा नमिल्दा सहमति हुन सकेको थिएन।

आगामी आर्थिक वर्षदेखि मर्जरमा जाने बैंकले सुविधा नपाउने संकेत गभर्नरले गरेपछि बैंकहरुले चालु आर्थिक वर्षमानै मर्जरमा जाने सम्झौता गरेका हुन्।

 

 

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *