अपरअरुणमा संखुवासभावासीले क्षमता अनुसारको शेयर हाल्न पाउछन –अर्जुन कार्की, पूर्वराजदूत

news-details

अमेरिकाका लागि पूर्व राजदूत तथा गैसस महासंघका अध्यक्ष डा। अर्जुन कार्कीले अध्ययनको अन्तिम चरणमा पुगेको संखुवासभाको भोटखोलास्थित अपर अरुण आयोजनामा संखुवासभावासीले चाहे जति र क्षमता भएसम्म सेयर हाल्न पाउनु पर्ने माग गर्नुभएको छ ।

संखुुवासभा–काठमाडौ जर्नालिष्ट एशोसियसनको कार्यालय ज्ञानेश्वरमा सञ्चारकर्मीसंग कुरा गर्दे उहाँले स्वदेशी पूँजीले बनाउनु पर्ने र यसमा अधिकतमा लाभ भोटखोलाबासीले पाउनु पर्ने बताउनुभयो । ‘यो मैले बिगत २७ बर्षदेखि उठाउँदै आएको कुरा हो । सेयर हाल्न पाउनु पर्छ भन्ने कुरा सामान्य हो, तर, यो संगै संखुवासभाबासीले पाउने भौतिक पूर्वाधार र हक अधिकारका कुरा पनि महत्वपूर्ण हुन आउछ’ उहाँको भनाई थियो ।

‘मैले भनी सकेको छु, परियोजनाबाट स्थानीय जनताले धुँवा र धुँलो मात्र पाउने हो, भने यो परियोजनाको कुनै अर्थ छैन, त्यसैले भनेको छु यो आयोजनाबाट अधिकतम लाभ आयोजना स्थलबासीले पाउनै पर्छ’ उहाँले भन्नुभयो ‘आयोजना बनेपछि त्यसको लाभ सरकारले लिन्छ । तर, त्यति मात्र हैन, त्यसको केहि प्रतिशत भोटखोलाबासी र संखुवासभाबासीलेसमेत पाउनु पर्छ । संखुवासभा प्रदेश–१ को केन्द्रमा स्थापित हुँदै छ । यो राजधानी बन्न सक्ने अथाह सम्भावना छ । मैले स्थानीय जनताको लगानी चाहेजति हुनु पर्छ , मागेजति हुनु पर्छ भन्दै आएको छु ।’

तर, केहि व्यक्ति अहिले पनि तपाँई अपरण अरुण बिश्व बैंकलाई दिनको लागि लागी रहनु भएको छ र पाँचवटा हेलिकप्टर लिएर विश्व बैकका पदाधिकारीसंग आयोजनास्थल जानु भएको छ भन्ने आरोप लगाउछन नी, भन्ने प्रश्नमा उहाँले नबुझीकन मुर्खहरुले बदनाम गराउन लगाउने आरोपको पछाडी नलाग्ने पनि प्रष्ट पार्नुभयो । म कुनै प्रोजेक्ट एजेन्सीलाई दिने ठाउँमा छैन, हस्ताक्षर गर्ने ठाउँमा छैन, प्रोजेक्ट दिने सरकारको कुनै निकायमा छैन, यो हावादारी कसरी पत्याउन सकीन्छ ? उहाँको प्रश्न थियो । नेपाल सरकारको निमन्त्रणमा आएका बिश्व बैंकका प्रतिनिधिसंग र नेपाल सरकारको निर्णयमा,सहभागितामा आफू आयोजना स्थलको निरिक्षणमा गएको भन्दै पूर्वाग्रही भएर कहि पुग्न नसकीने जिकीर गर्नुभयो ।

‘म भन्दै छु, संखुवासभावासीको इज्जत र प्रतिष्ठा गिर्ने गरी कुनै काम हुने छैन र प्रतिष्ठा बढ्ने काम मात्र म गर्ने छु । मेरो प्रतिबद्धता छ । कुरा पनि त्यहि हो । म अपर अरुणको बिषयमा जनताले बनाउनु पर्छ भन्ने कुरामा सचेत छु । यो आयोजना नेपाल सरकारको अगुवाईमा संखुवासभाली जनताको चाहेजति र क्षमता अनुसारको लगानीमा बन्छ । लाभको दृष्टिकोणले स्थानीय जनताको अगुवाईमा हुनु पर्छ भन्ने पहिलो व्यक्ति म हु’ उहाँको भनाई छ ।

नाना थरिका आरोपले आफूलाई केहि फरक नपर्ने पनि उहाँको प्रष्टोक्ति थियो -‘सबै भन्दा बढी म जिम्मेवार छु । यो स्वदेशी पूँजीमा बन्नु पर्छ । त्यसमा पनि उर्जा मन्त्री पम्फा भुषालले प्रष्ट पारी सक्नु भएको छ की, संखुवासभावासीले क्षमता र चाहेजती सेयर हाल्न सरकारले रोक्दैन । कार्यबिधि नै परिर्वतन गर्न पनि सरकार तयार रहेको सार्वजनिक रुपमा भनि सक्नु भएको छ । यसमा हामी जानु प¥यो नी, हामी कुरा बढी र काम कम गछौ, यसको अन्त्य गरीनु पर्छ’ उहाँले भन्नुभयो ।

गौरवको आयोजना बन्दै गर्दा आफ्ना हक अधिकारका बारेमा अझै गाउँसम्म चेतना पुग्न नसकेको हुदा यसबारे जनतालाई बुझाउन सक्नु पर्ने उहाँको धारणा छ । ‘सबै आयोजनाको आयोजनास्थलको सामाजिक बिकास गर्नु पर्ने दायित्व पनि हुन्छ । त्यसमा अझै हामी पछाडी छौ । यसमा कुनै एउटा दातृ निकायले मात्र रिक्स लिन चाहदैन, यसमा नेपालका बैंक, सञ्चयकोष, नागरिक लागनी कोष, एचआईडिसियल लगायतका संस्था पनि लगानी गर्न तयार छन् । बिश्व बैकले आफूले पनि ५ सय मिलियन लगानी गर्न चाहेको छ । भोलि एडीबी ले चाहना देखाउला, युरोपीयन युनियनले चाहना देखाउलान । तर, अहिले त्यो भई हाल्यो भन्ने हैन । कसैले इच्छा त व्यक्त गर्न पाउँछ नी । कसैले नीजि रुपमा बनाउन पाए पनि हुने थियो भन्ने होला ? त्यो नौलो हैन्’ उहाँले भन्नुभयो ।

उहाँले अरुण तेस्रोमा पनि आफुहरुले जनताका अधिकारका कुरा उठाएको बताउनुहुदै अपर अरुणमा कसले अगुवाई गर्ने हो रु यसलाई चाडै टुंग्याउनु पर्ने बताउनुभयो । ‘मैले पूर्व मन्त्री दिपक खड्काले बोलेको कुरा पढेँ खुशी लाग्यो । म स्वागत गर्छू । म प्रशन्न पनि छु । कसै न कसैले नेतृत्व गर्नु प¥यो नी । धेरै दिनसम्म अन्योलता राख्नु हुँदैन् । सामुहिक रुपमा अगाडि बढौ। । जनतालाई सञ्चार माध्यमबाट सूचना दिनु पर्छ । जिल्ला समन्वय बाट हुन्छ की, कताबाट हुन्छ हामी अगाडी बढ्नै पर्छ । सामाजिक सञ्जालमा लेखेर मात्र र रुमलिएर मात्र केही उपलब्धि हुँदैन् । सेयर हाल्न नसक्नेलाई पनि कसरी मेनेज गर्न सकीन्छ त्यसको खाका बनाउन अब ढीलाई गर्नु हुँदैन् । म चाहन्छु जिल्लामा ठूल–ठुला परियोजना र पूर्वाधार बनुन् । यहि प्रोजेक्टको माध्यमबाट हामीले अन्तर्राष्ट्रिय स्तरका सडक बनाएर बिकासको हब पनि बनाउन सक्छौ’ उहाँले बताउनुभयो

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *