७०२ स्थानीय तहले ल्याए नीति तथा कार्यक्रम र बजेट
- असार ११, २०७९
- 0
देशका ७५३ मध्ये ७०२ स्थानीय तहले नयाँआर्थिक वर्ष २०७९/८० को बजेट प्रस्तुत गरेका छन्। उनीहरूले आ–आफ्नो गाउँ्नगर सभामा नीति तथा कार्यक्रम र बजेट पेश गरेका हुन्।
नेपाल नगरपालिका संघले २९३ मध्ये २६७ नगरपालिकाले नीति तथा कार्यक्रम र बजेट पेश गरेका जनाएको छ। २६ नगरपालिकाको बजेट आउन बाँकी छ । बाजुराको बुढीगंगामामा भने निर्वाचन नै हुन बाँकी छ।
गाउँपालिका महासंघका अनुसार ४६० मध्ये ४३५ गाउँपालिकाले नीति तथा कार्यक्रम र बजेट गाउँसभामा पेश गरेका छन्। बाँकी २५ मध्ये ६ वटा गाउँपालिकामा सम्पर्क नै हुन नसकेको महासंघले जनाएको छ। १९ गाउँपालिकामा भने सभाको अधिवेशन नै सुरु भएको छैन।
बजेट पेस गर्न नसकेका पालिकाहले केही दिनमै सभा सुरु गर्ने जानकारी प्राप्त भएको महासंघको भनाइ छ। नवनिर्वाचित स्थानीय तहका जनप्रतिनिधिले नीति तथा कार्यक्रम र बजेट तयारीका लागि छोटो समय रहेका कारण केहीले बजेट ल्याउन नसकेको महासंघले जनाएको छ।
0 प्रतिक्रिया
चिनियाँ भिक्षुको ‘महान् ताङको पश्चिमी क्षेत्रको अभिलेख’ सार्वजनिक

काठमाडौं । चिनियाँ भिक्षुको नेपाल यात्रा-विवरण ‘महान् ताङको पश्चिमी क्षेत्रको अभिलेख’ नामक पुस्तकको नेपाली अनुवाद सार्वजनिक गरिएको छ । राजधानीमा […]
१३ देशका लागि राजदूत सिफारिस (सूचीसहित)

काठमाडौं । सरकारले १३ वटा देशका लागि राजदूत सिफारिस गरेको छ । आज बसेको मन्त्रिपरिषद बैंठकले विभिन्न अमेरिका, भारतसहित १३ […]
अर्थमन्त्री डा.वाग्लेको भारत भ्रमण : आर्थिक सम्बन्ध तथा पुनःस्थापना र पुनर्निर्माणबारे छलफल जारी

एजेन्सी । अर्थमन्त्री डा.स्वर्णिम वाग्ले भारत भ्रमणमा छन् । उनले भारतका अर्थमन्त्री निर्मला सीतारमणसँग भेट गरिसकेका छन् । यसैविच भारत […]
प्रधानमन्त्रीले गरे जेनजी सांसदसँग अन्तरक्रिया

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले जेनजी सांसदसँग अन्तरक्रिया गरेका छन् । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा जेन्जी उमेर समूहका सांसदहरूसँग […]
त्रिशूली–१ को टनेलबाट ६ वटा शव निकालियो

रसुवा । रसुवास्थित माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनाको अडिट–३ सुरुङबाट ६ वटा शव निकालिएको छ। उद्वार टोलीले ६ वटा शव ढलानका […]










