बुधबारदेखि नियमित उडान स्थगित गर्ने वायुसेवा सञ्चालक संघको निर्णय
- असार ७, २०७९
- 0

वायुसेवा सञ्चालक संघले बुधबारदेखि आपतकालीन उद्धारलगायत नियमित उडानहरु स्थगित गर्ने निर्णय गरेको छ ।
मङ्गलबार संघले पत्रकार सम्मेलनमार्फ आफ्नो ५ बुँदे माग नागरिक उड्डयन प्राधिकरणले पूरा नगरे बुधबारदेखि उद्धारलगायत नियमित उडान स्थगित गर्ने निर्णय गरेको हो ।
विमानस्थल सेवा शुल्क नियमावली, २०७८ मा यात्रु सेवा शुल्क ल्याण्डिङ, पार्किङ्ग, नेभिगेशनलगायत सम्पूर्ण शुल्क वृद्धि फिर्ता लिई पूर्ववत् कायम गर्नुपर्ने माग संघको छ ।
यसगरी, विमानस्थलमा हेलिकोप्टर सञ्चालनका लागि दीर्घकालीन हेलिप्याड, मर्मतसम्भारका लागि ह्याङ्गर लगायतका भौतिक पूर्वाधारका लागि स्थान उपलब्ध गराउनुपर्ने लगायत पाँचबुँदे माग संघले राखेको छ ।
0 प्रतिक्रिया
सहिद परिवारका सदस्यहरु गृहमन्त्रालय अगाडि धर्नामा

जनकपुर । मधेश प्रदेशका आठवटै जिल्लाका सहिद परिवारका सदस्यहरुले मधेश प्रदेश अन्तर्गतको गृह सञ्चार तथा कानुन मन्त्रालय अगाडि धर्नामा बसेका […]
अर्थ र कृषि क्षेत्रको क्षमता अभिवृद्धि गर्नुपर्नेमा विज्ञहरुको जोड

काठमाडौं । बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ लाई संशोधन गर्न बनेको विधेयक सम्बन्धमा विज्ञहरूसँगको छलफल भएको छ । […]
संयुक्त समितिद्वारा नयाँ संसद भवनको अवलोकन

राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्याङ्कन समिति (संयुक्त)समितिले नयाँ संसद भवनको अवलोकन गरेका छन् । आइतबार […]
एकीकृत अस्पताल सञ्चालन तथा व्यवस्थापन गर्ने सम्बन्धी विधेयक अघि बढ्ने

संघीय अस्पताल विकास समितिहरुमा पारदर्शिता र सेवा तथा मूल्यमा एकरुपता ल्याउन भन्दै स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले एकीकृत विधेयक ल्याउने […]
नवनियुक्त ऊर्जा राज्यमन्त्री गर्बुजाले लिए शपथ

नवनियुक्त ऊर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्री खमबहादुर गर्बुजाले प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष पद तथा गोपनीयताको शपथ लिएका छन्। प्रधानमन्त्री निवास […]