राष्ट्रपति भण्डारीबाट भोटो जात्राको अवलोकन

news-details

राष्ट्रपति विद्यादेवी भण्डारीले भोटो जात्राको अवलोकन गरेकी छिन ।

राष्ट्रपति भण्डारीले ललितपुरको जावलाखेल पुगेर वर्षा र सहकालको देवता रातो मच्छिन्द्रनाथको जात्राको अन्तिम दिन शनिबार भोटो देखाउने जात्राको अवलोकन गरेकी हुन ।

भोटो देखाउने जात्रामा राष्ट्रपति भण्डारीसहित विशिष्ट व्यक्तिको उपस्थिति रहेको थियो।

रातो मच्छिन्द्रनाथको रथ थतीचोक लगनखेलबाट तानेर बुधबार जावलाखेल पुर्याइएको थियो। यसको चौँथो दिन परम्पराअनुसार जात्राको अन्तिम दिन आज भोटो देखाइएको हो।

भोटो देखाइसकेपछि करुणामयलाई पुनः बुंगमतीमै पुर्याइनेछ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *