पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १० रुपियाँ घट्यो
- जेष्ठ १९, २०७९
- 0
नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । निगमले आज राति १२ बजेदेखि लागू हुने गरी पेट्रोल, डिजेल र मट्टितेलको खुद्रा बिक्री मूल्यमा प्रतिलिटर १० घटाएको हो ।
मूल्य घटेसँगै पेट्रोलको खुद्रा बिक्री मूल्य प्रतिलिटर १७०, डिजेल र मट्टितेलको खुद्रा बिक्री मूल्य प्रतिलिटर १५३ कामय भएको छ ।
पेट्रोलियम पदार्थको मूल्यवृद्धिबाट जनजीवन प्रभावित भएको भन्दै सरकारले तत्कालका लागि पूर्वाधार कर बराबरको रकम पेट्रोलियम पदार्थको खुद्रा मूल्यमा समायोजन गर्न निगमलाई निर्देशन दिएको थियो ।
खाना पकाउने एलपी ग्यास र हवाई इन्धन (आन्तरिक र अन्तर्राष्ट्रिय)को मूल्य भने यथावत राखिएको निगमले जनाएको छ ।
हाल एलपी ग्यासको मूल्य प्रतिसिलिण्डर एक हजार ८००, हवाई इन्धन (आन्तरिक)को प्रतिलिटर १६६ र हवाई इन्धन (अन्तर्राष्ट्रिय) को मूल्य प्रतिलिटर एक रुपैयाँ ५४ पैसा अमेरिकी डलर छ ।
0 प्रतिक्रिया
अर्थमन्त्री डा.वाग्लेको भारत भ्रमण : आर्थिक सम्बन्ध तथा पुनःस्थापना र पुनर्निर्माणबारे छलफल जारी

एजेन्सी । अर्थमन्त्री डा.स्वर्णिम वाग्ले भारत भ्रमणमा छन् । उनले भारतका अर्थमन्त्री निर्मला सीतारमणसँग भेट गरिसकेका छन् । यसैविच भारत […]
प्रधानमन्त्रीले गरे जेनजी सांसदसँग अन्तरक्रिया

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले जेनजी सांसदसँग अन्तरक्रिया गरेका छन् । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा जेन्जी उमेर समूहका सांसदहरूसँग […]
त्रिशूली–१ को टनेलबाट ६ वटा शव निकालियो

रसुवा । रसुवास्थित माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनाको अडिट–३ सुरुङबाट ६ वटा शव निकालिएको छ। उद्वार टोलीले ६ वटा शव ढलानका […]
मन्त्रिपरिषद् बैठक बस्दै

मन्त्रिपरिषद्को बैठक आज अपराह्न ३ बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्ने भएको छ। २ असोज, काठमाडौं । मन्त्रिपरिषद्को बैठक […]
एनआरएनए उपाध्यक्ष न्यौपाने समूहको अर्को जलविद्युत् आयोजना अघि बढ्यो, जल्दीगाडमा ४ अर्ब ६० करोड लगानी सुनिश्चित

काठमाडौं, गैरआवासीय नेपाली संघ (एनआरएनए) आईसीसीका उपाध्यक्ष खगेन्द्र न्यौपाने नेतृत्वको प्रवर्द्धक समूहले रुकुम पश्चिमको आठबिसकोट नगरपालिकामा निर्माण गर्न लागेको २२.५० […]









