आगामी आर्थिक वर्ष २०७९/८० का लागि १७ खर्ब ९३ अर्ब ८३ करोडको बजेट प्रस्तुत (पूर्णपाठसहित)
- जेष्ठ १५, २०७९
- 0

सरकारले आगामी आर्थिक वर्ष २०७९/८० का लागि १७ खर्ब ९३ अर्ब ८३ करोड रुपैयाँको बजेट ल्याएको छ । अर्थमन्त्री जनार्दन शर्माले आइतबार संसदमा उक्त आकारको बजेट ल्याएका हुन् ।
अर्थमन्त्री शर्माका अनुसार आगामी आवमा चालु खर्च ७ खर्ब ५३ अर्ब ४० करोड, पुँजीगत खर्च ३ खर्ब ८० अर्ब ३८ करोड वित्तीय व्यवस्थातर्फ २ खर्ब ३० अर्ब विनियोजन भएको छ । यस आवमा सरकारले स्रोत जुटाउन राजस्वमा १२ खर्ब ४० अर्ब ११ करोड लक्ष्य लिएको छ ।
२ खर्ब ५६ आन्तरिक ऋण उठाउने भनेको सरकारले ५५ अर्ब ४६ करोड वैदेशिक अनुदान लिने छ । त्यसपछि बाँकी स्रोत पूर्तिका लागि २ खर्ब ४२ अर्ब २६ करोड रुपैयाँ वैदेशिक ऋण लिइने अर्थमन्त्री शर्माले जानकारी दिए ।
सरकारले चालु आर्थिक वर्षमा १६ खर्ब ३२ अर्ब रुपैयाँ बराबरको बजेट कार्यान्वयन गरिरहेको छ ।
0 प्रतिक्रिया
हेटौंडामा जमिनमुनि बेपत्ता गाडी : भूगर्भविदको सहयोगमा खोजी अघि बढ्ने

मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१७ स्थित गैरीगाउँमा शुक्रबार जमिनमुनि हराएको गाडी तीन दिनसम्मको खोजी प्रयासपछि पनि फेला नपरेपछि अब भूगर्भविदको सहयोगमा खोजी […]
१० निर्माण कम्पनीलाई कालो सूचीमा राख्ने सरकारको तयारी

प्रधानमन्त्री कार्यालय मातहतको सार्वजनिक खरिद अनुगमन कार्यालयले १० वटा निर्माण कम्पनीलाई कालो सूचीमा राख्ने तयारी गरेको छ । कार्यालयले आज […]
शिक्षा समितिको बैठक बस्दै

संघीय संसद्अन्तर्गत शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक आज बस्दैछ । बैठक दिउँसो साढे ३ बजे समितिको बैठक कक्षमा […]
सङ्घीय संसद्को दुवै सदनको बैठक बस्दै, नीति तथा कार्यक्रमबारे छलफल हुने

आज संघीय संसदको दुवै सदन (प्रतिनिधिसभा र राष्ट्रियसभा)को बैठक बस्दै छ । जस अन्र्तगत प्रतिनिधिसभाको बैठक संघीय संसद् भवन नयाँ […]
मौसम पूर्वानुमान : यी प्रदेशमा हल्कादेखि भारी वर्षाको सम्भावना

जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको जनाएको छ । […]