भारतबाट पेट्रोलियम पदार्थको मूल्य पुन: बढेर आयो
- जेष्ठ ३, २०७९
- 0

भारतको इन्डियन आयल कर्पोरेसन (आईओसी) ले नेपालमा पठाएको पेट्रोलियम पदार्थको मूल्यमा पुन बढाएर पठाएको छ।
प्रत्येक १५ दिनमा मूल्य सूची पठाउँदै आएको आईओसीले नयाँ मूल्य सूची पठाउँदा बढाएर पठाएको हो।
यससँगै निगमले भारतीय निगमसँग किन्ने पेट्रोलको लागत मूल्य प्रतिलिटर १९२.९४ रुपैयाँ पुगेको छ। यसअघि निगमले भारतबाट खरिद गर्ने पेट्रोलको लागत प्रतिलिटर १८४.०२ रुपैयाँमा थियो ।
डिजेलको खरिद मूल्य १८८.३३ पुगेको छ भने मट्टितेलको खरिद मूल्य १ सय ४० रूपैयाँ ३६ पैसा पुगेको छ। निगमले जारी गरेको विज्ञप्तिमा भारतीय निगमले पठाएको मूल्यसूचीअनुसार नयाँ खरिद लागत अनुसार प्रतिलिटर पेट्रोलमा २२ रुपैयाँ ९४ पैसा र डिजेलमा ३३ रुपैयाँ ३३ पैसा घाटा हुने देखिएको छ ।
दुई दिनअघि मात्रै निगमले पेट्रोल र डिजेलमा प्रतिलिटर १० रुपैयाँ मूल्य वृद्धि गरेको थियो।
0 प्रतिक्रिया
हेटौंडामा जमिनमुनि बेपत्ता गाडी : भूगर्भविदको सहयोगमा खोजी अघि बढ्ने

मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१७ स्थित गैरीगाउँमा शुक्रबार जमिनमुनि हराएको गाडी तीन दिनसम्मको खोजी प्रयासपछि पनि फेला नपरेपछि अब भूगर्भविदको सहयोगमा खोजी […]
१० निर्माण कम्पनीलाई कालो सूचीमा राख्ने सरकारको तयारी

प्रधानमन्त्री कार्यालय मातहतको सार्वजनिक खरिद अनुगमन कार्यालयले १० वटा निर्माण कम्पनीलाई कालो सूचीमा राख्ने तयारी गरेको छ । कार्यालयले आज […]
शिक्षा समितिको बैठक बस्दै

संघीय संसद्अन्तर्गत शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक आज बस्दैछ । बैठक दिउँसो साढे ३ बजे समितिको बैठक कक्षमा […]
सङ्घीय संसद्को दुवै सदनको बैठक बस्दै, नीति तथा कार्यक्रममाथि छलफल हुने

आज संघीय संसदको दुवै सदन (प्रतिनिधिसभा र राष्ट्रियसभा)को बैठक बस्दै छ । जस अन्र्तगत प्रतिनिधिसभाको बैठक संघीय संसद् भवन नयाँ […]
मौसम पूर्वानुमान : यी प्रदेशमा हल्कादेखि भारी वर्षाको सम्भावना

जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको जनाएको छ । […]