सिटी एक्सप्रेस मनि ट्रान्सफर र नेपाल एसबीआई बैंकबीच रेमिट्यान्स सम्झौता

news-details

सिटी एक्सप्रेस मनी ट्रान्सफर र नेपाल एसबीआई बैंकबीच रेमिट्यान्स सम्झौता भएको छ । सिटी एक्सप्रेसका तर्फबाट प्रबन्ध निर्देशक चन्द्र टण्डन र नेपाल एसबीआई बैंकको तर्फबाट उपप्रमुख कार्यकारी अधिकृत मोहम्मद रिजवान आलमले सो सम्झौतामा हस्ताक्षर गरेसँगै रेमिट्यान्स कारोवार शुरु भएको हो ।

सम्झौता अनुसार नेपाल एसबी आई बैंकको रेमिट्यान्स सिस्टमबाट आउने रकम सिटी एक्सप्रेस मनी ट्रान्सफरका १५ हजार भन्दा बढि सहायक प्रतिनिधिहरु मार्फत भुक्तानी हुने जनाइएको छ । त्यसैगरी सिटी एक्सप्रेस मार्फत आएको रेमिट्यान्स नेपाल एसबी आई बैंकको सम्पूर्ण शाखाहरुबाट भुक्तानी गर्ने सम्झौता भएको जनाइएको छ ।

सिटी एक्सप्रेसले रेमिट्यान्स क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउदै ‘जहाँ नेपाली, त्यहाँ सिटी एक्सप्रेस’ भन्ने आफ्नो नारालाई आत्मसाथ गर्दै बिगत १५ वर्ष देखि संसारभरबाट विप्रेषण सेवा प्रदान गर्दै आइरहेको छ ।

आन्तरिक विप्रेषण अन्तर्गत सिटी एक्सप्रेसका देशभर छरिएर रहेका १५ हजारभन्दा बढि भुक्तानी केन्द्रहरु मार्फत छिटो, सहज र सुरक्षित तरिकाले भुक्तानी प्रदान गर्ने, कुनै पनि बैंकको खातामा रकम जम्मा गर्ने र मोबाईल वालेटमा लोड गर्न सकिने जस्ता सुविधाहरु प्रदान गर्दै आइरहेको जनाएको छ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *