गभर्नर अधिकारीको रिटको सुनुवाइ आज
- बैशाख १५, २०७९
- 0
राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले सर्वोच्च अदालतमा दायर गरेको रिट निवेदनको सुनुवाइ आज हुँदैछ। गत मंगलबार सुनुवाई नसकिएकोले हेर्दाहेर्दैमा रहेको रिट निवेदनको सुनुवाई आज हुन लागेको हो।
न्यायाधीशहरु सपना प्रधान मल्ल र टंकप्रसाद मोक्तानको संयुक्त इजलासमा सुनुवाई प्रारम्भ भएपनि समय अभावका कारण बिहिबारका लागि हेर्दाहेर्दैमा राखिएको थियो।
गभर्नर अधिकारीले बिना कारण आफूमाथि छानबिन समिति गठन गरिएको भन्दै गत वैशाख ४ गते सर्वोच्च अदालतमा रिट दायर गरेका थिए।
गत वर्षको चैत्र २५ गते बसेको मन्त्रीपरिषद्ले गभर्नर अधिकारीमाथि छानबिन गर्न जाँचबुझ समिति गठन गर्ने निर्णय गरेसँगै उनी निलम्बन परेका थिए।
न्यायाधीश हरिप्रसाद फुँयालको वैशाख ६ गतेको एकल इजलासले जाँचबुझ समिति गठन गर्ने सरकारको निर्णय कार्यान्वयन नगर्न अल्पकालीन आदेश दिएसँगै गभर्नर अधिकारी काममा फर्किएका थिए।
0 प्रतिक्रिया
मौद्रिक नीतिको समीक्षा सार्वजनिक (पूर्णपाठसहित)
चालु आर्थिक वर्षको मौद्रिक नीतिको पहिलो त्रैमासको समीक्षा सार्वजनिक भएको छ । नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिले गरेका सबै व्यवस्थालाई […]
जापानमा मंसिर १५ र १६ गते ‘नेपाल फेस्टिवल’ , तयारी अन्तिम चरणमा
जापान हुन लागेको १४ औं नेपाल फेस्टिवलको तयारी अन्तिम चरणमा पुगेको छ । ‘नेपाल र नेपालीको जापानमा पहिचान, १४औं नेपाल […]
एनसेलले ‘एनपिएल’ को हरेक चौकामा विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गर्ने
एनसेल फाउण्डेसनले नेपाल प्रिमियर लिग (एनपीएल) का प्रत्येक चौकामा सामुदायिक विद्यालयका विद्यार्थीहरूलाई ४ वटा शैक्षिक सामाग्री वितरण गर्ने घोषणा गरेको […]
विधायन व्यवस्थापन समितिको बैठक बस्दै
संघीय संसदको राष्ट्रियसभा अन्तर्गत रहेको विधायन व्यवस्थापन समितिको बैठक आज बस्दै छ । शुक्रबार बिहान ११ः३० बजे समितिको बैठक कक्ष […]
काठमाडौंमा रवि लामिछानेको बयान आजदेखि
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको बयान आजदेखि काठमाडौंमा सुरु हुने भएको छ । बिहीबार साँझ पोखराबाट काठमाडौं ल्याएर […]