आजदेखि राति १२ बजेसम्म आन्तरिक उडान सञ्चालन हुने
- बैशाख १५, २०७९
- 0
नेपाल नागरिक उड्डयन प्राधिकरणले आन्तरिक उडानतर्फको उडान समय अवधि बढाएर १८ घण्टा पुर्याएको छ । विमानस्थलको चापलाई ध्यान दिदै आज बिहीबारदेखि तराईका ६ वटा क्षेत्रीय विमानस्थलमा १८ घण्टा उडान गर्न लागिएको हो ।
भद्रपुर, विराटनगर, जनकपुर, सिमरा, भैरहवा, नेपालगन्ज र धनगढी विमानस्थललाई बिहान ६ देखि राति १२ बजेसम्म सञ्चालनमा ल्याउने निर्णय प्राधिकरणले गरेको हो ।
यसले काठमाडौं विमानस्थलको उडान चापको व्यवस्थापन हुने विश्वास प्राधिकरणको रहेको छ ।
आगामी जेठ २ गतेदेखि अन्तर्राष्ट्रिय उडानमा पनि त्रिभुवन विमानस्थल तथा भैरहवाको गौतम वुद्ध विमानस्थलबाट २४ घण्टे उडान सञ्चालन गरिने पनि प्राधिकरणले जनाएको छ । २४ घण्टे उडान तालिका लागू भएपछि यात्रुहरुले विमास्थलमा अनावश्यक समय पर्खनु नपर्ने दाबी पनि प्राधिकरणले गरेको छ ।
काठमाडौं विमानस्थलमा अहिले दैनिक दुवैतर्फी उडान ४२० वटा भइरहेको छ । विमानहरुले अवतरण र उडानका लागि घण्टौं पर्खनु पर्ने अवस्था रहेको छ ।
0 प्रतिक्रिया
अर्थमन्त्री डा.वाग्लेको भारत भ्रमण : आर्थिक सम्बन्ध तथा पुनःस्थापना र पुनर्निर्माणबारे छलफल जारी

एजेन्सी । अर्थमन्त्री डा.स्वर्णिम वाग्ले भारत भ्रमणमा छन् । उनले भारतका अर्थमन्त्री निर्मला सीतारमणसँग भेट गरिसकेका छन् । यसैविच भारत […]
प्रधानमन्त्रीले गरे जेनजी सांसदसँग अन्तरक्रिया

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले जेनजी सांसदसँग अन्तरक्रिया गरेका छन् । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा जेन्जी उमेर समूहका सांसदहरूसँग […]
त्रिशूली–१ को टनेलबाट ६ वटा शव निकालियो

रसुवा । रसुवास्थित माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनाको अडिट–३ सुरुङबाट ६ वटा शव निकालिएको छ। उद्वार टोलीले ६ वटा शव ढलानका […]
मन्त्रिपरिषद् बैठक बस्दै

मन्त्रिपरिषद्को बैठक आज अपराह्न ३ बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्ने भएको छ। २ असोज, काठमाडौं । मन्त्रिपरिषद्को बैठक […]
एनआरएनए उपाध्यक्ष न्यौपाने समूहको अर्को जलविद्युत् आयोजना अघि बढ्यो, जल्दीगाडमा ४ अर्ब ६० करोड लगानी सुनिश्चित

काठमाडौं, गैरआवासीय नेपाली संघ (एनआरएनए) आईसीसीका उपाध्यक्ष खगेन्द्र न्यौपाने नेतृत्वको प्रवर्द्धक समूहले रुकुम पश्चिमको आठबिसकोट नगरपालिकामा निर्माण गर्न लागेको २२.५० […]









