ट्याक्सीमा बढेको भाडादर आजदेखि लागू
- बैशाख ५, २०७९
- 0
आजदेखि ट्याक्सीमा नयाँ भाडादर लागू हुँदैछ। बागमती प्रदेश सरकारले बैशाख १ गतेदेखि अन्य यातायातको साधनमा बढेको भाडादर लागू गरे पनि ट्याक्सीमा भने आजदेखि मात्रै लागू गर्न लागेको हो।
बागमती प्रदेश सरकारले निर्धारण गरिएको भाडादर अनुसार ट्यक्सीमा सुरुवाती कलमा ५० रुपैयाँ, प्रति दुई सय मिटरमा १० रुपैयाँ, जाममा रोकिनु पर्दाको प्रतिक्षा शुल्क प्रति १ मिनेटको १ रुपैयाँ २० पैसा र प्रतिक्षा अधिकतम समय ३० मिनेट कायम गरिएको छ।
आजदेखि प्रतिदिन ६० वटा ट्याक्सीको मिटरमा भाडा समायोजन गरिने गुणस्तर तथा नापतौल विभागले जनाएको छ।
सबै ट्याक्सीका मिटरमा भाडा समायोजन गर्न एक महिनाभन्दा बढि लाग्ने विभागले जनाएको छ। त्यतिन्जेल सम्म ट्याक्सीमा यात्रुले देख्नेगरी मिटरमा देखिने साविकको भाडादर र यात्रुले तिर्नुपर्ने नयाँ भाडादर टाँस्नुपर्ने विभागले जनाएको छ।
0 प्रतिक्रिया
रवि लामिछाने र छविलाल जोशीसहित २२ जनाविरूद्व काठमाडौंमा पक्राउ पुर्जी जारी
सहकारी ठगी प्रकरणमा प्रहरी हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र पूर्व डीआईजी छविलाल जोशीसहित २२ जनाविरुद्ध पक्राउ […]
राष्ट्रपति पौडेल समक्ष चार देशका राजदूतले लिए शपथ
चार देशका लागि नवनियुक्त नेपाली राजदूतहरूले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पद तथा गोपनीयताको शपथ लिएका छन् । आइतबार राष्ट्रपतिको कार्यालय महाराजगन्जमा […]
चिकित्सा शिक्षा क्षेत्रमा देखिएका समस्या समाधनका लागि प्रधानमन्त्रीको पहल
प्रधानमन्त्री केपी शर्मा ओलीले चिकित्सा शिक्षा क्षेत्रमा देखिएका समस्या समाधानका लागि चिकित्सा शिक्षा आयोगका पदाधिकारीसँग आइतबार छलफल गरेका छन् । […]
राष्ट्र बैंकले अर्थ मन्त्रालयमा पेश गरेको प्रतिवेदनमा के छ ?
नेपाल राष्ट्र बैंकले अर्थ मन्त्रालयलाई कार्यकारी प्रतिवेदन पेश गरेको छ । आइतबार अर्थमन्त्री बिष्णुप्रसाद पौडेलाई उक्त कार्यकारी प्रतिवेदन सारांश पेश […]
रास्वपाले मंसिर ८ गतेदेखि देशब्यापी आन्दोलन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टीले यही मंसिर ८ गतेदेखि दोस्रो चरणको आन्दोलन गर्ने घोषणा गरेको छ । आइतबार पार्टी कार्यालयमा आयोजित पत्रकार […]