मलेसियाको रोजगारी खुलाउन जुटयो सहमति, चाडै एमओयूमा हस्ताक्षर हुने

news-details

गत जेठ पहिलो साताबाट रोकिएको मलेसिया रोजगारी खुलाउने विषयमा मलेसिया र नेपाल सहमतिमा पुगेका छन् । दुई देशका सरकारी प्रतिनिधीहरुबीच कामदार आदानप्रदानका विषयमा श्रम सम्झौता (एमओयू)को विषयमा सहमति जुटे पछि महिनौ रोकिएको रोजगारी खुल्ने भएको हो ।

श्रमिकहरुको सम्पूर्ण खर्च रोजगारदाताले व्यहोर्ने सहमति भएपछि श्रम सम्झौताको मस्यौदालाई अन्तिम रुप दिइने तयारी भैरहेको वार्तामा सहभागि मलेसियाका लागि नेपाली कार्यवाहक राजदुत कुमारराज खरेलले बताए । श्रम सम्झौताको अन्तिम मस्यौदा तयार भएपछि नेपाल र मलेसियाका मन्त्रीले हस्ताक्षर गर्ने मिति तय गरिने कावा राजदूत खरेलले जानकारी दिए ।

कामदार आपूर्ति गर्दा रोजगारदाताले नै खर्च व्योहोर्ने भनिएपनि प्रक्रियाको विषयमा भने वार्ता मौन छ । जसका कारण भिसा प्रोसेसिङ गर्दै आएको भिएलएन र ओएससी, सेक्युरिटी क्ल्यिरेन्स गर्ने आइएससी तथा बायोमेट्रिक मेडिकलको निरन्तरताकै सम्भावना देखिएको छ ।

मलेसियाली प्रतिनिधिसँग छलफल गर्न श्रम मन्त्रालयका सहसचिव कृष्ण ज्ञवाली सहित परराष्ट्र र कानून मन्त्रालयका सहसचिव सम्मिलित ३ सदस्यीय टोली मलेसिया पुगेको छ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *