गठबन्धन कायमै राख्नेगरी एमसीसीमा सहमतिको खोजी

news-details

सत्तारुढ गठबन्धनका प्रमुख दुई घटक नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले गठबन्धन नभत्किनेगरि एमसीसीमा सहमति खोज्ने प्रयास जारी राखेका छन् ।

आज सिंहदरबारमा दुई दलका प्रमुख नेताहरुबीच गठबन्धनलाई जारी राख्ने र एमसीसीमा सहमति जुटाउन छलफल भएको हो । छलफल पछि माओवादी अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डले एमसीसीमा सहमतिको बाटो खुलाउने प्रयास भइरहेको जानकारी दिए । उनले समस्याको समाधान हुनेगरि छलफल भइरहेको समेत बताए । प्रचण्डले गठबन्धन नटुट्ने दावी गरे ।

नेकपा एकीकृत समाजवादीका नेता झलनाथ खनालले यथास्थीतिमा एमसीसी पारित गर्न नसक्ने अडान कायम रहेको बताए । एमसीसीको मुद्धाले धेरै बिषयलाई असर पार्ने भएकाले संसदमा हुने निष्कर्षले नयाँ घटनाक्रम पैदा हुने उनको भनाई छ । उनले एमसीसीलाई गठबन्धनसंग जोड्न नहुने तर्क गरे ।

त्यस्तै माओवादी नेता नारायणकाजी श्रेष्ठले एमसीसीमा मध्यमार्गीका बिषयमा कुनै छलफल नभएको बताए । उनले मुलुकको हित बिपरितका प्रावधानलाई नसच्चाएसम्म एमसीसीलाई पारित गर्न नसकिने निर्णय कायमै रहेको जानकारी दिए ।

एमसीसीका बारेमा मतभेद भएपछि गठबन्धन घटक दलहरु आन्तरिक छलफलमा व्यस्त भएका हुन् । एमसीसीका कारण दुई पटक स्थगीत गरिएको प्रतिनिधिसभाको बैठक भोलि आइतबार नै बस्दैछ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *