मलेसियामा विषाक्त मदिराका कारण ज्यान गुमाउने नेपालीको संख्या ६ पुग्यो, १६ जनाको उपचार हुँदै (नामावलीसहित)
- अशोज ३, २०७५
- 0
काठमाडौँ । विषाक्त मदिरा सेवनका कारण ज्यान गुमाउने नेपालीको संख्या ६ जना पुगेको छ । क्वालालुम्पुरस्थित नेपाली दूतावासका अनुसार मृत्यु भएका ६ जना नेपालीको पहिचान भएको छ भने १६ जना नेपालीको विभिन्न अस्पतालहरुमा उपचार भइरहेको छ । उनीहरु मध्ये चार जनाको डिस्चार्ज भइसकेको छ ।
मृत्यु हुनेहरुमा बसेरी–३ धादिङका विवश घले भनिने मिम बहादुर घले, मसिना–६, रुपन्देहीका राम कुमार यादव, अमरगढी–५ डडेलधुराका विशाल बुढाथोकी, पश्चिम कुशाहा– ९, सुनसरीका सञ्जय उराव, सिद्धिथुम्का–९ इलामका बलबहादुर कुलुङ र ठेगाना नखुलेका आइतसिंह गोले रहेका छन् ।
अस्पतालमा उपचाररत अन्य बिरामीको विवरण यस्तो छ ।
मृतक र बिरामी भएका नेपालीहरुको नामावली