साउदी अरब जाने नेपाली कामदारको न्यूनतम ज्याला बृद्धि (तालिकासहित)

news-details

काठमाडौं । वैदेशिक रोजगारीका लागि साउदी अरब जाने नेपाली कामदारको न्यूनतम ज्याला लामो समयपछि पुनरावलोकन गरी बृद्धि गरिएको छ । कामका लागि साउदी जाने नेपाली कामदारले अब मासिक न्युनतम १००० रियालका साथै खाना भत्ता वापत ३०० पाउनेछन् भने अधिकतम ११०० रियाल र खानाभत्ता ५०० रियाल पाउने भएका छन् ।

यसअघि साउदी जाने नेपाली कामदारले ८०० न्यूनतम ज्याला र खाना भत्ता २०० पाउँदै आएका थिए । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टको प्रस्तावलाई हालैको मन्त्रिपरिषदको बैठकले स्वीकृत गरेपछि पारीश्रमिक बृद्धि भएको हो ।

सरकारको यो निर्णयले सबैभन्दा धेरै साउदी जाने अदक्ष कामदार लाभान्वित श्रम तथा रोजगार मन्त्रालयले जनाएको छ । साथै साउदी जाने कामदारको औषधि उपचार, आवास, यातायात, आतेजाते हवाई टिकट रोजगारदाताले नै उपलब्ध गराउनुपर्ने पनि मन्त्रालयले जनाएको छ ।

साउदी जाने कामदारको न्यूनतम ज्यालामा भएको नयाँ व्यवस्था यस्तो छ ।

तालिकामा हेर्नुहोस्

 

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *