वैदेशिक रोजगार छात्रवृत्तिका लागि १२ सय ५५ जना छनोटमा

news-details

काठमाडौंर रोजगारीका क्रममा विदेशमा ज्यान गुमाएका, अंगभंग भएका र बिरामी भएर फर्किएका श्रमिकका सन्तानलाई वैदेशिक रोजगार प्रवर्द्धन बोर्डले छात्रवृत्ति प्रदान गर्दै आएको छ । चालु आर्थिक वर्षका लागि देशभरबाट आएका आवदेनबाट १२ सय ५५ जना छनोटमा परेको बोर्डले जनाएको छ ।

सरकारले वैदेशिक रोजगारीका क्रममा ज्यान गुमाएका, गम्भीर बिरामी परेका र अंगभंग भएका कामदारका छोराछोरीलाई १२ कक्षासम्म छात्रवृत्ति दिने व्यवस्था गरेको छ ।  छात्रवृत्तिका लागि चैत मसान्तसम्म आवेदन मागिएको थियो ।

कक्षा एकदेखि आठसम्मका विद्यार्थीलार्ई वार्षिक आठहजार र कक्षा आठदेखि १२ सम्म पढ्ने विद्यार्थीलाई १२ हजार रुपैयाँ छात्रवृत्ति दिने गरिएको बोर्डले जानकारी दिएको छ ।

गत १० वर्षको अवधिमा वैदेशिक रोजगारीका क्रममा विभिन्न देशमा पुगेका करीव ९ हजारले जनाको ज्यान गएको छ तथ्यांक छ भने ७ सय ८७ जना कामदार अंगभंग र विभिन्न रोग लागेर स्वदेश फर्किएका छन् । यस्ता परिवारका सदस्यलाई शैक्षिक सहयोग स्वरुप बोर्डले छात्रवृत्ति दिने गरेको छ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *