विराटनगरमा महालक्ष्मी विकास बैंकको नयाँ शाखा संचालनमा
- भदौ ११, २०७५
- 0
महालक्ष्मी विकास बैंक लिमिटेडले आफ्नो सेवा देशभर विस्तार गर्दै लाने क्रममा बिराटनगर महानगरपालिका वडा नं–२, मोरङ्गस्थित बिराटनगर शाखाकोे औपचारिक उदघाटन गरेको छ । उक्त शाखाको नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणी शिवाकोटीले उदघाटन गरेका हुन । सो अवसरमा बैंकका सञ्चालन समितिका अध्यक्ष राजेश उपाध्यायको पनि उपस्थिति रहेको थियो ।
बैँकका प्रमुख कार्यकारी अधिकृत कृष्णराज लामिछानेले सो अवसरमा उपस्थित अतिथि, विभिन्न कार्यालयका प्रमुखहरु, व्यवसायी तथा स्थानीय सर्वसाधारणहरुलाई कृतज्ञता ज्ञापन गरेका थिए । साथै वहाँले कार्यक्रममा बैँकले आफ्ना ग्राहकको आवश्यकतालाई उल्लेख्य रुपमा सम्बोधन गर्दै आएको जानकारी दिँदै आगामी दिनमा बैंकले अझै उत्कृष्ट सेवा दिने तथा बैँकिङ्ग सेवामा नेपाली जनताको पहुँच बढाउन बैँकले शाखा विस्तारको क्रमलाई निरन्तर अघि बढाइरहने प्रतिबद्धता गरे ।
देशका शहरी तथा ग्रामीण क्षेत्रका विभिन्न स्थानहरुमा बैङ्गिक पहुँच पु¥याउने उद्देश्यका साथ यस बैंकले आगामी दिनहरुमा थप शाखामार्फत अझ प्रभावकारी सेवा उपलब्ध गराउने जनाएको छ ।